२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

तेह्र वर्षमा बन्यो ओखलढुङ्गाको खिजिचण्डेश्वरी हवाई मैदान

४ पुष २०७६, शुक्रबार ०१:२२

पुष ४, ओखलढुंगा | निर्माण कार्य सुरु भएको १३ वर्षपछि ओखलढुङ्गाको खिजिचण्डेश्वरी हवाई मैदान निर्माण कार्य पूरा भएको छ ।

जिल्लाको खिजिदेम्बा गाउँपालिकामा पर्ने उक्त हवाई मैदान निर्माणका लागि तत्कालीन ओखलढुङ्गा जिल्ला विकास समितिले २०६३ सालमा बजेट विनियोजन गरी कामको सुरुवात गरेको थियो । अर्थिक वर्ष २०७३/७४ बाट भने नेपाल सरकारको बजेटमा नै समावेश गरी हवाई मैदान निर्माण कार्यलाई गति दिइएको थियो ।

निर्माण कार्य सम्पन्न भएसँगै हवाई मैदानमा परीक्षण उडानका लागि अनुगमन समेत भएको छ । सङ्घीय प्रतिनिधि सभाका सदस्य यज्ञराज सुनुवारको नेतृत्वमा मङ्लबार नागरिक उड्डयन प्राधिकरणको टिमले अनुगमन समेत गरेको छ ।

लामो समयको अथक प्रयासपश्चात् निर्माण कार्य सम्पन्न भएको र चाँडै खिजिचण्डेश्वरीमा हवाई उडान हुने विश्वास रहेको गाउँपालिकाका अध्यक्ष बेदवहादुर रोकाले बताउनुभयो ।

मौसम अनुकूल भएमा परीक्षण उडान गर्न केही समस्या नरहेको कुरा अनुगमनपश्चात् नागरिक उड्डयन प्राधिकरणको टोलीले बताएको छ । उहाँका अनुसार मौसम अनुकूल भएमा पुसको पहिलो साता परीक्षण उडान गर्ने तयारी रहेको छ । केही दिन अघि परेको पानीले भिजेको मैदान सुक्न साथ उक्त हवाई मैदानमा परीक्षण उडान गर्ने गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो ।

निर्माण सम्पन्न भएको उक्त हवाई मैदानमा नियमित उडान भएमा यस जिल्लाको पश्चिमी उत्तरी क्षेत्रका खिजीदेम्बा, सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड तथा लिखु तामाकोसी गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । नियमित उडान भएमा दिनमा १५ देखि १८ घण्टा लगाएर गाडीमा रामार्गसम्म आउनुपर्ने जोखिमसमेत अन्त्य हुनेछ ।

- गोरखापत्र दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य