२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटबाट ५ वर्षमा १०२ जना बेपत्ता

२०७६, २० पुष आईतवार ०३:०३

पुष २०, नुवाकोट | नुवाकोटमा पाँच वर्षयता एक सय दुईजना बेपत्ता भएका छन् । त्यसमध्ये महिला ५१, पुरुष ४६ र बालिका पाँच जना रहेका छन् । उक्त अवधिमा पाँच सय ७३ जना हराएका थिए । त्यसमध्ये चार सय ७१ जना फेला परे ।

प्रहरीको तथ्यांक अनुसार ०७५/७६ मा बालबालिका बढी हराएका छन् । यो वर्ष १३ बालक र ३६ बालिका हराए । वार्षिक रूपमा नौदेखि ३६ जना बालबालिका हराउने गरेको प्रहरीको भनाइ छ । हराएका अधिकांश बालक गाडीमा खलासी काम गर्ने र केही होटलका काम गर्ने गरेका छन् । हराएका कतिपय पुरुष नदीमा डुबेको अवस्थामा पनि फेला पर्ने गरेको मुद्दा फाटका प्रहरी निरीक्षक बलराम श्रेष्ठले बताए ।

हराएपछि कतिपय अवस्थामा परिवारले चासो कम दिन थालेको पाइएको प्रहरीको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका, तनावका रहेकाहरू हराउने गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अविनारायण काफ्लेले बताए । ‘परिवारमा सुमधुर सम्बन्ध रहेमा हराउदैनन्,’ उनले भने, ‘मान्छेलाई आर्थिक अभाव र सामाजिक सञ्जालले तनाव बढाएकाले पनि घर छाडेर हिड्छन् ।’

- आजको कान्तिपुर दैनिकमा समाचार छ  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने