साउन १४, सप्तरी | भारतीय पक्षले नेपाली भूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठी सीमाको दसगजामा निर्माण गरेको बाँध नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, सप्तरी | भारतीय पक्षले नेपाली भूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठी सीमाको दसगजामा निर्माण गरेको बाँध नेप"/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

सप्तरीवासीले भारतीय बाँध भत्काएपछि दुई पक्षबीच भिडन्त

२०७३, १४ श्रावण शुक्रबार ००:५९

साउन १४, सप्तरी | भारतीय पक्षले नेपाली भूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठी सीमाको दसगजामा निर्माण गरेको बाँध नेपाली पक्षले भत्काएपछि बिहीबार दुई पक्षबीच  भिडन्त भएको छ। 

भारतीय पक्षले गरेको लाठी एवं ढुंगा प्रहारबाट सप्तरी तिलाठी ९ का हर्षवद्र्धन कर्ण, सञ्जीव झा, तिलाठी ४ का देवनारायण यादव, तिलाठी ७ का रोशन झा, तिलाठी ८ का सुशील यादव र शंकरप्रसाद यादव घाइते भएका छन्। घाइतेहरुलाई रावविराजस्थित अञ्चल अस्पतालमा भर्ना गरिएको छ।  

नेपालीको विरोध र स्थानीय प्रशासनको आग्रहलाई बेवास्ता गर्दै भारतीय पक्षले तिलाठी र भारत बिहार राज्यको सुपौलअन्तर्गत कुनौली सीमाको दसगजामा बाँध निर्माण जारी राखेपछि बिहीबार बिहानैदेखि दुई पक्षबीच विवाद बढेको थियो। 

सहमतिविपरित भारतीय पक्षका प्राविधिक कर्मचारीले माथिको आदेश भन्दै धमाधम पक्की संरचना बनाउन थालेपछि विवाद बढेको तिलाठी ४ का देवनारायण यादवले बताए।  

बिहान भारतीयको संख्या धेरै भएकाले विरोध जनाएर फर्केका नेपाली पक्षको संख्या अपरान्ह बेपछि बाँधमा राखिएका बाँस, बालुवाले भरिएका बोरा  किालेर फालिदिएका थिए।

बाँधका लागि बनाइएका सामग्री फालिदिएपछि भारतीय पक्ष र नेपाली पक्षबीच झडप भएको थियो। - अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार