२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीलाई एकैपटक तीनवटा झट्का, वामदेवलाई अवसर

२०७७, २४ मंसिर बुधबार ०४:३३

मंसिर २४, काठमाडौँ | शनिबारको सचिवालय बैठक र भोलिपल्ट वामदेवसहित पूर्वमाओवादीका अन्य नेताहरुसामु देखाइएको असली रुपपछि खुमलटारले रामबहादुर थापा ‘बादल’ बाट आश मरेको निश्कर्ष निकालेको छ । 

अन्तिम समयमा बादलबाट धोका नहुने निश्कर्षविपरित बालुवाटारको पक्षमा खेलिएको भूमिकाले सम्भावित यु टर्नलाई सदाको लागि अन्त गरेको बताइन्छ । तर, बालुवाटारले अनुमान र आशा गरेभन्दा उपाध्यक्ष वामदेवको भूमिका फरक देखिनुको पछाडि भने यसअघि प्रधानमन्त्री र उनको किचेन क्याबिनेटबाट पाएको धोखाधडी र अपमानलाई कारक मानिएको छ ।

यसअघिका धेरैवटा राजनीतिक छालबाट केपी शर्मा ओलीलाई उम्काइदिएका गौतमले अहिले निभाएको भूमिकाको कारण फेरि एकपटक उनलाई गुमेको छवि उकास्ने अवसर प्राप्त भएको चर्चा छ । कुनै बखत बालुवाटारले गौतमलाई प्रधानमन्त्री र पार्टी अध्यक्षको प्रस्ताव गरे पनि पछिल्लोचोटि राष्ट्रिय सभाको सांसद नबनाउनेदेखि मन्त्री नदिनेसम्मको खेल र षडयन्त्र रचिएको उनले बिस्तारै चाल पाएको एकथरि बताउँछन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालको साथ र सहयोगबिना राष्ट्रिय सभामा आफूलाई नलैजाने खेल खेलिएको ग्राण्ड डिजाइन समेत अनुभूत भएपछि गौतमले दुई दशकअघिको बिद्रोही रूप देखाएको नेताहरूको स्वीकारोक्ति छ ।

चिवालयभित्रको छिनाझप्टी, बहस र ‘इस्युको ग्राभिटी’ लाई हेर्दा अब नेकपाको विवाद विष्णु पौडेलले सोचेर, बादलले बोलेझैं कार्यदल या अन्य कुनै टालटुलले रोकिने देखिन्न । यसरी सचिवालयबाट स्थायी समितिमा इस्यु जानै लाग्दा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई तीनवटा झट्का लागेको छ । पहिलो, पाँच जना सचिवालय सदस्यले आग्रह गर्दासमेत बैठक नै बोलाउँदिन भनेर देखाइएको अडान एक महिना नपुग्दै तोडिनु । दोस्रो, प्रचण्डले पेश गर्नुभएको प्रस्ताव खारेज हुन्छ, त्यसमाथि छलफल नै हुँदैन र त्यो नहुञ्जेल बैठक बस्ने त धेरै टाढाको विषय अर्का अध्यक्षसँग भेटघाटसमेत गर्दिनँ भन्दै आएको अवस्थामा क्रमभङ्ग हुनु । 

तमाम अडानका वावजुद प्रधानमन्त्री सचिवालय बैठकमा गई प्रचण्डको त्यही प्रतिवेदनमाथि टेकेर भए पनि ३८ पृष्ठको जवाफ दिनु । त्यो भनेको राजनीतिक भाषामा प्रचण्डको प्रतिवेदनलाई स्वीकार्नु हो । त्यसैगरी सचिवालयमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनहरूलाई स्थायी समितिमा कुनै हालतमा लैजान हुँदैन । फिर्ता हुनुपर्छ र सचिवालयबाटै समाधान गरिनुपर्छ । आफू सहमत नभएसम्म केहि हुँदैन भन्ने जुन दावी थियो त्यो पनि स्थायी समिति बैठकबाट खण्डित भएको छ । किनकि शनिबारको बैठक ओली अनुपस्थित बैठकले तय गरेको थियो । त्यही निर्णयबमोजिम बसेको बैठकमा उनको उपस्थिति भएको छ । भोलिपल्ट स्थायी समितिलाई सम्बोधन गर्दै तिमीहरु बस, म आउँदिन भनेर पत्र लेखिएको छ ।

सँधै आक्रामक स्थितिमा रहँदै आएका केपी शर्मा ओली क्रमशः रक्षात्मक अवस्थामा पुगेको विभिन्न घटनाक्रमबाट पुष्टि हुँदै गएको छ । यता, बादलको भूमिकापछि पूर्व माओवादी समूहले आफ्ना नेताहरूको वस्तुस्थितिको पुनर्मूल्याङ्कन गर्न थालेको बताइन्छ । सचिवालयमा बादल सिंगो छन् भने स्थायी समितिमा उनीसँग नजिक भनेर चिनिएकाहरूमा पम्फा भुसाल र देव गुरुङको भूमिका बादलकोभन्दा एक सय असी डिग्री विपरित छ । यो समाचार आजको जनआस्था साप्ताहिका छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने