२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीलाई एकैपटक तीनवटा झट्का, वामदेवलाई अवसर

२४ मंसिर २०७७, बुधबार ०४:३३

मंसिर २४, काठमाडौँ | शनिबारको सचिवालय बैठक र भोलिपल्ट वामदेवसहित पूर्वमाओवादीका अन्य नेताहरुसामु देखाइएको असली रुपपछि खुमलटारले रामबहादुर थापा ‘बादल’ बाट आश मरेको निश्कर्ष निकालेको छ । 

अन्तिम समयमा बादलबाट धोका नहुने निश्कर्षविपरित बालुवाटारको पक्षमा खेलिएको भूमिकाले सम्भावित यु टर्नलाई सदाको लागि अन्त गरेको बताइन्छ । तर, बालुवाटारले अनुमान र आशा गरेभन्दा उपाध्यक्ष वामदेवको भूमिका फरक देखिनुको पछाडि भने यसअघि प्रधानमन्त्री र उनको किचेन क्याबिनेटबाट पाएको धोखाधडी र अपमानलाई कारक मानिएको छ ।

यसअघिका धेरैवटा राजनीतिक छालबाट केपी शर्मा ओलीलाई उम्काइदिएका गौतमले अहिले निभाएको भूमिकाको कारण फेरि एकपटक उनलाई गुमेको छवि उकास्ने अवसर प्राप्त भएको चर्चा छ । कुनै बखत बालुवाटारले गौतमलाई प्रधानमन्त्री र पार्टी अध्यक्षको प्रस्ताव गरे पनि पछिल्लोचोटि राष्ट्रिय सभाको सांसद नबनाउनेदेखि मन्त्री नदिनेसम्मको खेल र षडयन्त्र रचिएको उनले बिस्तारै चाल पाएको एकथरि बताउँछन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालको साथ र सहयोगबिना राष्ट्रिय सभामा आफूलाई नलैजाने खेल खेलिएको ग्राण्ड डिजाइन समेत अनुभूत भएपछि गौतमले दुई दशकअघिको बिद्रोही रूप देखाएको नेताहरूको स्वीकारोक्ति छ ।

चिवालयभित्रको छिनाझप्टी, बहस र ‘इस्युको ग्राभिटी’ लाई हेर्दा अब नेकपाको विवाद विष्णु पौडेलले सोचेर, बादलले बोलेझैं कार्यदल या अन्य कुनै टालटुलले रोकिने देखिन्न । यसरी सचिवालयबाट स्थायी समितिमा इस्यु जानै लाग्दा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई तीनवटा झट्का लागेको छ । पहिलो, पाँच जना सचिवालय सदस्यले आग्रह गर्दासमेत बैठक नै बोलाउँदिन भनेर देखाइएको अडान एक महिना नपुग्दै तोडिनु । दोस्रो, प्रचण्डले पेश गर्नुभएको प्रस्ताव खारेज हुन्छ, त्यसमाथि छलफल नै हुँदैन र त्यो नहुञ्जेल बैठक बस्ने त धेरै टाढाको विषय अर्का अध्यक्षसँग भेटघाटसमेत गर्दिनँ भन्दै आएको अवस्थामा क्रमभङ्ग हुनु । 

तमाम अडानका वावजुद प्रधानमन्त्री सचिवालय बैठकमा गई प्रचण्डको त्यही प्रतिवेदनमाथि टेकेर भए पनि ३८ पृष्ठको जवाफ दिनु । त्यो भनेको राजनीतिक भाषामा प्रचण्डको प्रतिवेदनलाई स्वीकार्नु हो । त्यसैगरी सचिवालयमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनहरूलाई स्थायी समितिमा कुनै हालतमा लैजान हुँदैन । फिर्ता हुनुपर्छ र सचिवालयबाटै समाधान गरिनुपर्छ । आफू सहमत नभएसम्म केहि हुँदैन भन्ने जुन दावी थियो त्यो पनि स्थायी समिति बैठकबाट खण्डित भएको छ । किनकि शनिबारको बैठक ओली अनुपस्थित बैठकले तय गरेको थियो । त्यही निर्णयबमोजिम बसेको बैठकमा उनको उपस्थिति भएको छ । भोलिपल्ट स्थायी समितिलाई सम्बोधन गर्दै तिमीहरु बस, म आउँदिन भनेर पत्र लेखिएको छ ।

सँधै आक्रामक स्थितिमा रहँदै आएका केपी शर्मा ओली क्रमशः रक्षात्मक अवस्थामा पुगेको विभिन्न घटनाक्रमबाट पुष्टि हुँदै गएको छ । यता, बादलको भूमिकापछि पूर्व माओवादी समूहले आफ्ना नेताहरूको वस्तुस्थितिको पुनर्मूल्याङ्कन गर्न थालेको बताइन्छ । सचिवालयमा बादल सिंगो छन् भने स्थायी समितिमा उनीसँग नजिक भनेर चिनिएकाहरूमा पम्फा भुसाल र देव गुरुङको भूमिका बादलकोभन्दा एक सय असी डिग्री विपरित छ । यो समाचार आजको जनआस्था साप्ताहिका छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै