२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खसी नदिएको झोँकमा विप्लव समुहद्वारा श्रेष्ठको हत्या

२६ मंसिर २०७७, शुक्रबार ०५:०४

मंसिर २६, काठमाण्डौ | मृतक राजेन्द्र श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टिपेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुईजना भाग्दै थिए। को हो भन्दै उनीहरूतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे। घरदेखि अलि पर कात्तिके भन्ने ठाउँमा श्रेष्ठको बाख्राको खोर छ |

 ‘उहाँ (राजेन्द्र श्रेष्ठ)ले बिहान बाख्रालाई घाँसपात र पानी दिन जा, मचाहिँ घरमै बस्छु गाई ब्याउन लागेको छ भन्नुभयो,’ धनकुमारीले भनिन्, ‘छिमेकीहरू आत्तिँदै बाख्रा खोरमै आएर तपाईंको पतिलाई कसैले अपहरण गरेर लगे भने। त्यसपछि सबै जना खोज्न थाल्यौं। खोज्दै जाँदा बन्दुक पड्केको आवाज आयो र त्यसतर्फ जाँदा शव भेटियो।’

उनका अनुसार हत्याराहरूले एउटा खसी र एउटा बाख्रा मागेका थिए। ‘उनीहरूलाई श्रीमान्ले बाख्रा चाहिँ दिने भन्नुभएको थियो। खसी नदिँदा यस्तो घटना भयो,’ उनले भनिन्। श्रेष्ठ शिक्षक मात्रै थिएनन्, उनले समाजसेवीका रूपमा समेत आफूलाई स्थापित गरेका थिए। ‘रानो नै गएपछि यहाँको के हुन्छ रु अब विद्यालयको हालत के होला ? उहाँले जस्तो विद्यालय कसले सम्हाल्छ ?’ स्थानीय एक युवकले बताए।-यो समाचार आजको नागरिक दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै