साउन २०, काठमाडौं | निजामती सेवामा एक लाख १८ हजार पाँच सय ७६ दरबन्दी छ । हाल ८३ हजार पाँच सय ५८ कर्मचारी कार्यरत रहेको निजामती किताबखानाको तथ्यांक छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, काठमाडौं | निजामती सेवामा एक लाख १८ हजार पाँच सय ७६ दरबन्दी छ । हाल ८३ हजार पाँच सय ५८ कर्मचारी कार्यरत रहेको निजामती किताबखानाको तथ्यांक छ । 

२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामती सेवामा ३५ हजार दरबन्दी रिक्त

२० श्रावण २०७३, बिहीबार ०१:३७

साउन २०, काठमाडौं | निजामती सेवामा एक लाख १८ हजार पाँच सय ७६ दरबन्दी छ । हाल ८३ हजार पाँच सय ५८ कर्मचारी कार्यरत रहेको निजामती किताबखानाको तथ्यांक छ । 

विभिन्न सेवा र श्रेणीमा अझै ३५ हजार १८ दरबन्दी अझै रिक्त छ। अहिलेका कर्मचारीलाई संघीय संरचनाअनुसार कसरी व्यवस्थापन गर्ने भन्नेबारे अध्ययन भइरहेको छ। तर, रिक्त दरबन्दीमा कर्मचारी भर्नासमेत रोकिएको छैन।

सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्माले भने अत्यावश्यक पदबाहेकमा भर्ना प्रक्रिया रोकिने बताए। शर्माले भने,‘अब अत्याश्यकबाहेक ठूलो संख्यामा कर्मचारी भर्ना गर्ने सम्भावना छैन, कडाइ हुन्छ।’

केही समयअघि मात्रै प्रधानमन्त्रीको अध्यक्षतामा बसेको उच्चस्तरीय संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना निर्देशक समितिको बैठकले मुलुकमा अत्यावश्यकबाहेकका कुनै पनि निकायमा कर्मचारी दरबन्दी थप नगर्ने निर्णय गरेको थियो।

तर, विभिन्न मन्त्रालयको मागका आधारमा कर्मचारी भर्ना प्रक्रिया थालिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। लोकसेवा आयोगले पनि विभिन्न पदमा कर्मचारी पदपुर्ति गर्ने क्यालेण्डर सार्वजनिक गरिसकेको छ। निजामति सेवामा हाल पुरुषको संख्या ६७ हजार ५ सय २१ र महिलाको संख्या १६ हजार ३७ छ। – नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो