साउन २१, काठमाडौं | जिम्मेवारीबाट मुक्त भएको २४ घन्टा पनि नबित्दै मन्त्रालयका कर्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, काठमाडौं | जिम्मेवारीबाट मुक्त भएको २४ घन्टा पनि नबित्दै मन्त्रालयका कर्म"/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

मन्त्री खोसिएको २४ घण्टा नबित्दै एमाले मन्त्रीले भोग्नुपर्यो यस्तो समस्या

२०७३, २१ श्रावण शुक्रबार ००:२९

साउन २१, काठमाडौं | जिम्मेवारीबाट मुक्त भएको २४ घन्टा पनि नबित्दै मन्त्रालयका कर्मचारीले देखाएको व्यवहारबाट निवर्तमान मन्त्री सत्यनारायाण मण्डल दुःखीत बने ।

नयाँ मन्त्रीको शपथ ग्रहण सम्पन्न भएलगत्तै बीच बाटोमै गाडी उनले चढेको गाडी खोसिएपछि निवर्तमान युवा तथा खेलकुदमन्त्री मण्डल हिँडेर डेरा पुग्न बाध्य बनेका हुन् । 

बिहीबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा बाटोमै गाडी खोसिएपछि मण्डल हिँडेरै डेरा पुगेका हुन्। 

बुधवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि मन्त्री क्वार्टर छाडेका मण्डल बानेश्वरमा डेरा सरेका छन् । शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा मण्डलले आफूले प्रयोग गर्दै आइरहेको झन्डावाल गाडी नयाँ मन्त्रीका लागि फर्काइदिएका थिए। त्यसपछि उनले डेरासम्म पुग्ना आफ्नो सचिवालयले प्रयोग गरेको सेतो रङको गाडी झिकाएका थिए। 

तर मन्त्रालयका कर्मचारीले त्यो गाडी लान नदिएपछि उनी मध्यबानेश्व्रबाट झन्डै डेढ किलोमटिरभित्र रहेको डेरामा हिँडेर पुगेका थिए।  - अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने