साउन २२, काठमाडौँ | विद्यालयको आधारभूत तहमा छोराका तुलनामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २२, काठमाडौँ | विद्यालयको आधारभूत तहमा छोराका तुलनामा "/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरा भन्दा छोरीको सिकाइ राम्रो !

२२ श्रावण २०७३, शनिबार ०१:०६


साउन २२, काठमाडौँ | विद्यालयको आधारभूत तहमा छोराका तुलनामा छोरीको सिकाइ उपलब्धि राम्रो भएको पाइएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले एक वर्षअघि गरेको विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) २०७२ ले यस्तो देखाएको हो। 

केन्द्रले कक्षा तीनको नेपाली र गणित, कक्षा पाँचको नेपाली, गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धि परीक्षण गरेको थियो। छोरा (छात्र) का तुलनामा छोरी (छात्रा) को औसत सिकाइ उपलब्धि राम्रो पाइएको केन्द्रका उपसचिव गोपालप्रसाद भट्टराईले बताए। कक्षा ३ को नेपालीमा छात्रको औसत उपलब्धि अंक ५१ छ भने छात्राको ५४ छ। गणितमा छात्र र छात्राको सिकाइ समान ४५ छ। कक्षा ५ मा नेपालीमा छात्राको सिकाइ उपलब्धि ४८ र छात्रको ४६ मात्रै छ। गणितमा छात्राको ५० र छात्रको ४८ छ। 

अंग्रेजीमा दुवैको सिकाइ उपलब्धि ४७ छ। 'लैंगिक दृष्टिले सिकाइ उपलब्धि विश्लेषण गर्दा दुवै कक्षामा छात्रको भन्दा छात्राको सिकाइ उपलब्धि तुलनात्मक रूपमा बढी देखिन्छ,' एक वर्षअघि भएको परीक्षणको नतिजा शुक्रबार सार्वजनिक गर्दै उनले भने, 'यो सकारात्मक हो।'

केन्द्रले कक्षा तीनमा २३ जिल्लाका एक हजार पाँच सय ४२ विद्यालयका ३३ हजार आठ सय ६३ विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरेको थियो। त्यसमा १६ हजार नौ सय ३६ छात्रा छन्। त्यस्तै कक्षा पाँचको पनि २३ जिल्लाकै एक हजार पाँच सय ४३ विद्यालयका ४० हजार १५ विद्यार्थीको उपलब्धि परीक्षण गरेको हो। त्यसमा २० हजार ८९ छात्रा छन्। एसएलसीमा परीक्षा दिने छात्रा बढी भए पनि सिकाइ स्तर छात्रकै राम्रो छ। - कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार