साउन २४, काठमाडौँ | आइतबार दिउँसो । ‘हेलो.. को बोल्नु भएको?’ ‘म विपिन गौतम, ललितपुरबाट। साह्रै समस्या पर्यो, एउटा कम्प्लेन गर्नुछ ।’"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, काठमाडौँ | आइतबार दिउँसो । ‘हेलो.. को बोल्नु भएको?’ ‘म विपिन गौतम, ललितपुरबाट। साह्रै समस्या पर्यो, एउटा कम्प्लेन गर्नुछ ।’"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

अभर पार्छ नेपाल टेलिकमले!

२४ श्रावण २०७३, सोमबार ०१:२९

साउन २४, काठमाडौँ | आइतबार दिउँसो । ‘हेलो.. को बोल्नु भएको?’ ‘म विपिन गौतम, ललितपुरबाट। साह्रै समस्या पर्यो, एउटा कम्प्लेन गर्नुछ ।’ के गुनासो परेछ त…? सोच्दासोच्दै विपिनले नै भनिहाले, ‘यहाँ मोबाइल नेटवर्कले काम नगरेको तीन दिन भइसक्यो अहिलेसम्म सुधार भएन।’ 

विपिन टेलिकम कार्यालयको नम्बर झुक्किएका होइनन् । सम्बन्धित निकायबाट पटक-पटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि सञ्चारमाध्यमको सहारा खोजेका रहेछन् । ललितपुर, दोलहाटीका विपिन मुलुकै अग्रणी दूरसञ्चार सेवा नेपाल टेलिकमको सिमकार्ड बोक्छन् । र तीनदिन यता उनी यही कम्पनीको कमसल सेवाले हैरानी खेपिरहेका छन् । 

हामीकहाँ छिनछिनमा नेटवर्क टुट्नु नौलो होइन, विपिनलाई राम्रै थाहा छ । तर, तीनदिन धैर्य गर्दा पनि नेटवर्क नफर्किएपछि भने उनले आफूलाई थाम्न सकेनन् ।

‘टेलिकम मात्र होइन, पुलिसलाई समेत फोन गरे, कसैले पनि चित्तबुझ्दो जवाफ दिएनन्,’ उनले भने,‘ एनटीसीमै भर परेका हामीजस्ता ग्राहकलाई गाह्रो हुन्छ भन्ने किन नबुझेका होलान् ।’ दैनिक जीवनसँग छुटाउनै नसकिने बनेका मोबाइल गाह्रोसाह्रोमा काम देला भनेरै बोक्ने हो । त्यसैले विपिनको गुनासो अर्थपूर्ण छ। – नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार