साउन २४, काठमाडौँ | आइतबार दिउँसो । ‘हेलो.. को बोल्नु भएको?’ ‘म विपिन गौतम, ललितपुरबाट। साह्रै समस्या पर्यो, एउटा कम्प्लेन गर्नुछ ।’"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, काठमाडौँ | आइतबार दिउँसो । ‘हेलो.. को बोल्नु भएको?’ ‘म विपिन गौतम, ललितपुरबाट। साह्रै समस्या पर्यो, एउटा कम्प्लेन गर्नुछ ।’"/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

अभर पार्छ नेपाल टेलिकमले!

२०७३, २४ श्रावण सोमबार ०१:२९

साउन २४, काठमाडौँ | आइतबार दिउँसो । ‘हेलो.. को बोल्नु भएको?’ ‘म विपिन गौतम, ललितपुरबाट। साह्रै समस्या पर्यो, एउटा कम्प्लेन गर्नुछ ।’ के गुनासो परेछ त…? सोच्दासोच्दै विपिनले नै भनिहाले, ‘यहाँ मोबाइल नेटवर्कले काम नगरेको तीन दिन भइसक्यो अहिलेसम्म सुधार भएन।’ 

विपिन टेलिकम कार्यालयको नम्बर झुक्किएका होइनन् । सम्बन्धित निकायबाट पटक-पटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि सञ्चारमाध्यमको सहारा खोजेका रहेछन् । ललितपुर, दोलहाटीका विपिन मुलुकै अग्रणी दूरसञ्चार सेवा नेपाल टेलिकमको सिमकार्ड बोक्छन् । र तीनदिन यता उनी यही कम्पनीको कमसल सेवाले हैरानी खेपिरहेका छन् । 

हामीकहाँ छिनछिनमा नेटवर्क टुट्नु नौलो होइन, विपिनलाई राम्रै थाहा छ । तर, तीनदिन धैर्य गर्दा पनि नेटवर्क नफर्किएपछि भने उनले आफूलाई थाम्न सकेनन् ।

‘टेलिकम मात्र होइन, पुलिसलाई समेत फोन गरे, कसैले पनि चित्तबुझ्दो जवाफ दिएनन्,’ उनले भने,‘ एनटीसीमै भर परेका हामीजस्ता ग्राहकलाई गाह्रो हुन्छ भन्ने किन नबुझेका होलान् ।’ दैनिक जीवनसँग छुटाउनै नसकिने बनेका मोबाइल गाह्रोसाह्रोमा काम देला भनेरै बोक्ने हो । त्यसैले विपिनको गुनासो अर्थपूर्ण छ। – नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने