साउन २८, काठमाडौं | प्रधानन्यायाधीश सुशीला कार्कीले कानुन व्यवसायीहरुले पेसागत मर्यादा र निष्ठा छाडेर सम्पतिका लागि मरिहत्ते गर्ने प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, काठमाडौं | प्रधानन्यायाधीश सुशीला कार्कीले कानुन व्यवसायीहरुले पेसागत मर्यादा र निष्ठा छाडेर सम्पतिका लागि मरिहत्ते गर्ने प"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

‘दलालीले कालो कोट बदनाम’

२८ श्रावण २०७३, शुक्रबार ०१:२४

साउन २८, काठमाडौं | प्रधानन्यायाधीश सुशीला कार्कीले कानुन व्यवसायीहरुले पेसागत मर्यादा र निष्ठा छाडेर सम्पतिका लागि मरिहत्ते गर्ने प्रवृत्ति मौलाएका कारण कानुन व्यवसायी पेसा नै बदनाम हुन पुगेको बताएका छन् । 

कार्कीले कतिपय कानुन व्यवसायीहरु मुद्दा लडेका सेवाग्राहीलाई खरानी बनाएर सबै सम्पत्ति लिन उद्यत रहेको भनाई सेमत राखिन्। नेपाल कानुन व्यवयासी परिषदको वार्षिकोत्सवमा बिहीबार कार्कीले कानुन व्यवसायीप्रति यस्तो असन्तुष्टि राखेकी हुन्। कार्यक्रममा सर्वोच्चका बरिष्ठ न्यायाधीश गोपाल पराजुली, महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, बार अध्यक्ष शेरबहादुर केसी, बरिष्ठ अधिवक्ता, कानुनका प्राध्यापक, कर्मचारी एवं अन्य लब्धप्रतिष्ठित कानुन व्यवसायीसमेत सहभागी थिए।

‘कानुन व्यवसायी भएर यस्तो कार्य गर्नु निष्ठामाथिको विचलन हो,’उनले भनिन्। मुद्दा लडेका व्यक्तिलाई सक्षम बनाउनुको साटो सबै सम्पत्ति हडप्ने प्रवृत्तिले कानुन व्यवसायीलाई शोषक र सामन्तजस्तो बनाउने उनले बताइन्।

कतिपय कानुन व्यवसायीले कालो कोटको आवरणमा ग्गा दलालसँग मिलोमतो गर्दै गैरकानुनी रुपमा पैसा आर्जन गरेको तिक्ततासमेत उनले पोखिन्। त्यस्ता व्यवसायीलाई आफूले सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन निर्देशन नै दिनुपरेको भनाइ कार्कीको थियो। – अन्नपूर्ण पोस्ट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार