साउन २८, काठमाडौं | प्रधानन्यायाधीश सुशीला कार्कीले कानुन व्यवसायीहरुले पेसागत मर्यादा र निष्ठा छाडेर सम्पतिका लागि मरिहत्ते गर्ने प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, काठमाडौं | प्रधानन्यायाधीश सुशीला कार्कीले कानुन व्यवसायीहरुले पेसागत मर्यादा र निष्ठा छाडेर सम्पतिका लागि मरिहत्ते गर्ने प"/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

‘दलालीले कालो कोट बदनाम’

२०७३, २८ श्रावण शुक्रबार ०१:२४

साउन २८, काठमाडौं | प्रधानन्यायाधीश सुशीला कार्कीले कानुन व्यवसायीहरुले पेसागत मर्यादा र निष्ठा छाडेर सम्पतिका लागि मरिहत्ते गर्ने प्रवृत्ति मौलाएका कारण कानुन व्यवसायी पेसा नै बदनाम हुन पुगेको बताएका छन् । 

कार्कीले कतिपय कानुन व्यवसायीहरु मुद्दा लडेका सेवाग्राहीलाई खरानी बनाएर सबै सम्पत्ति लिन उद्यत रहेको भनाई सेमत राखिन्। नेपाल कानुन व्यवयासी परिषदको वार्षिकोत्सवमा बिहीबार कार्कीले कानुन व्यवसायीप्रति यस्तो असन्तुष्टि राखेकी हुन्। कार्यक्रममा सर्वोच्चका बरिष्ठ न्यायाधीश गोपाल पराजुली, महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, बार अध्यक्ष शेरबहादुर केसी, बरिष्ठ अधिवक्ता, कानुनका प्राध्यापक, कर्मचारी एवं अन्य लब्धप्रतिष्ठित कानुन व्यवसायीसमेत सहभागी थिए।

‘कानुन व्यवसायी भएर यस्तो कार्य गर्नु निष्ठामाथिको विचलन हो,’उनले भनिन्। मुद्दा लडेका व्यक्तिलाई सक्षम बनाउनुको साटो सबै सम्पत्ति हडप्ने प्रवृत्तिले कानुन व्यवसायीलाई शोषक र सामन्तजस्तो बनाउने उनले बताइन्।

कतिपय कानुन व्यवसायीले कालो कोटको आवरणमा ग्गा दलालसँग मिलोमतो गर्दै गैरकानुनी रुपमा पैसा आर्जन गरेको तिक्ततासमेत उनले पोखिन्। त्यस्ता व्यवसायीलाई आफूले सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन निर्देशन नै दिनुपरेको भनाइ कार्कीको थियो। – अन्नपूर्ण पोस्ट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने