साउन २९, काठमाडौं | एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर बेरोजगार बनेका छन् । अघिल्ला दुई सरकारमा सहभागी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, काठमाडौं | एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर बेरोजगार बनेका छन् । अघिल्ला दुई सरकारमा सहभागी "/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

उपाध्यक्षसहित एक दर्जन एमाले नेता ‘बेरोजगार’

२०७३, २९ श्रावण शनिबार ०१:३३

साउन २९, काठमाडौं | एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर बेरोजगार बनेका छन् । अघिल्ला दुई सरकारमा सहभागी पूर्वमन्त्रीहरुलाई एमालेले अझै काम नदिँदा उनीहरु बेरोजगार बनेका हुन् ।  

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये धेरैलाई एमालेले पार्टी कामको कुनै जिम्मेवारी दिएको छैन । उपाध्यक्षहरु भने पुरानो संरचनाको विकास क्षेत्र र अञ्चल कमिटी खारेज भएपछि दुई महिनायता जिम्मेवारीविहीन छन् । 

उनीहरुलाई भूगोल वा केन्द्रीय विभाग कतैको पनि जिम्मेवारी तोकिएको छैन । 

यी उपाध्यक्षले काम पाएनन्

एमालेमा अहिले बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावलसहित चार उपाध्यक्ष छन् । विधानअनुसार महाधिवेशनबाट पाँच उपाध्यक्ष निर्वाचित भएकोमा विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको पद रिक्त छ ।

तर, गत ६ असारमा बसेको स्थायी समिति बैठले पाँच विकास क्षेत्र  र १४ अञ्चलको पुरानो संरचना खारेज गरेर प्रदेश संगठन कमिटी बनाउने निर्णय गरेपछि उपाध्यक्षहरु समेत बेरोजगार बनेका हुन् । – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने