२४ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनी प्रदेश सरकारमा फेरी हलचल

१९ असार २०७८, शनिबार ०२:४४

असार १९, बुटवल | लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएकी छन् । राज्यमन्त्री रायमाझीले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएकी हुन् ।

‘तपाईं मुख्यमन्त्री रहेको प्रदेश सरकारमा म समेत मन्त्री भएर कामकाजमा सहयोग गरी आएकोमा जनता समाजवादी पार्टी, नेपालको तपाईं नेतृत्वमा रहेको सरकारलाई समर्थन नरहेकाले मैले तपाईंको सरकारमा पार्टीको समर्थन र सहयोगविना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम मन्त्री पदबाट राजीनामा गरेकी छु,’ उनले मुख्यमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ ।

आफ्नै पार्टीका तीन जना सांसदले साथ छाडेपछि जनता समाजवादी पार्टीको महन्त ठाकुर पक्षका सांसदलाई सरकारमा सहभागी गराएर लुम्बिनी प्रदेश सरकार सुरक्षित बनाएका मुख्यमन्त्री पोखरेललाई मन्त्रीले राजीनामा दिएपछि फेरि ठूलो झड्का लागेको छ ।

जसपा (महन्त ठाकुर) पक्षमा लागेर मन्त्री भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएर जसपा (उपेन्द्र यादव) पक्षमा लागेकी छन् । यसले फेरि लुम्बिनी सरकारमा हलचल मच्चिएको छ ।

उनी वैशाख १९ गते सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पछि शंकर पोखरेल नेतृत्वमा सरकारमा सहभागी भएकी थिइन् । सरकारमा सहभागी भएको २ महिनापछि राजीनामा दिएर यादव पक्षमा लागेपछि शंकर पोखरेल सरकार स्पष्ट अल्पमतमा परेको छ ।

जसपा (यादव पक्ष) का संसदीय दलका नेता सहस्रराम यादवले रायमाझी पुरानै ठाउँमा फर्किएको बताए । उनले भने, ‘हाम्रो पार्टीको माननीयज्यू बीचमा केही समय हडबडाउनुभयो । पार्टीले कारवाही पनि ग¥यो अहिले बुझेर पुरानै ठाउँमा फर्किनुभयो ।’ ६ जना सांसद रहेको जसपाका महत्व ठाकुर पक्षका ४ जना सरकारमा सहभागी थिए । जसपा नेता मोहम्मद इस्त्याक राईले अन्य मन्त्रीहरु आफूहरुसँग आउने बारे छलफल भइरहेको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेय, उद्योग, पर्यटन तथा वन मन्त्री कल्पना पाण्डे र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव सरकारमै छन् । मन्त्रीको राजीनामा पछि लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । ८३ सदस्य प्रदेशसभामा एमालेका ३८ र जसपाका ठाकुर पक्षमा ३ जना गरी अब ४१ जना सांसद भए ।

प्रदेशसभामा बहुमतको लागि ४२ सांसद आवश्यक हुन्छ । विपक्षी गठबन्धनले पहिलदेखि नै प्रदेश सरकार अल्पमतमा रहेको बताउँदै आएको थियो । अझै लुम्बिनी एमाले माधव नेपाल पक्षमा २ जना सांसद छन् ।

नेकपा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले मन्त्रीको राजीनामा आएको भन्ने सुनेको बताए । ढकालले भने, ‘राजीनामा आयो भन्ने सुनियो । के हो अरु विषयमा बुझ्न पाइएको छैन । अन्य विषय अब बुझ्दै जाऔँला ।’

माओवादी केन्द्रले सरकारले छाडेपछि वैशाख १९ गते पोखरेलले राजीनामा दिएर पुनः विपक्षीको विरोधका बीच प्रदेशप्रमुखलाई आफ्नै कार्यकक्षमा लगेर सपथ लिएका थिए । एमाले कपिलवस्तुका सांसद दृघनारायाण पाण्डे, दाङका अमरबहादुर डाँगी र दाङकै नेकपाबाट निर्वाचित सांसद विमला वलीले शंकरको साथ छाडेका थिए । पाण्डेले कांग्रेसबाट राष्ट्रियसभा सदस्य भइसकेका छन् । त्यस्तै डाँगीले राजीनामा दिए भने वली माओवादी केन्द्रमा खुलेकी छन् । 

- यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकार रजकका परिवारलाई भेटेर देउवाले दोषीलाई सरकारले छाड्दैन भने नेपाली सेनाले चैत २८ गतेदेखि ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ शुरु गर्दै १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ देशका विभिन्न स्थानबाट लागूऔषध सहित २० जना पक्राउ चैत्र १५ गतेको घटनाका दोषीलाई सरकारले कारबाही गर्नुपर्छ : माधव नेपाल कुलमानको पुनर्बहालीको माग गर्दै माइतीघरमा प्रदर्शन भक्तपुरमा बन्दै छ बिस्केट जात्राका लागि रथ शिक्षक पछि चिकित्सक पनि उत्रिए सडकमा काँग्रेसको कार्यक्रममा भारतीय पाहुना शिक्षकहरुको शान्तिपूर्ण आन्दोलन जारी सात समूहलाई सगरमाथा आरोहणको अनुमति सानिमा बैंकले ग्राहकहरूले भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल भोलिदेखि गर्ने देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः रामचन्द्र पौडेल यु–१९ पुरुष विश्वकप एसिया छनोट : नेपालले टस हार्यो रामनवमी पर्वका अवसरमा आज देशभरका राम मन्दिरमा भक्तजनको भीड आइतबार सुन तोलामा १ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ? नारायणगढ–बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री