साउन ३०, काठमाडौं । सरकारले काठमाडौंदेखि तराई जोड्ने द्रुतमार्ग निर्माणमा विदेशी लगानीको खोजी सुरु गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौं । सरकारले काठमाडौंदेखि तराई जोड्ने द्रुतमार्ग निर्माणमा विदेशी लगानीको खोजी सुरु गरेको छ ।

२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

फास्ट ट्र्याकमा विदेशी लगानी खोज्दै सरकार

२०७३, ३० श्रावण आईतवार ०१:३३

साउन ३०, काठमाडौं । सरकारले काठमाडौंदेखि तराई जोड्ने द्रुतमार्ग निर्माणमा विदेशी लगानीको खोजी सुरु गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले स्वदेशी लगानीमै फस्ट ट्रयाक निर्माण गर्ने निर्णय गरे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विदेशी लगानी जुटाउने गृहकार्य गरिरहेको छ ।

प्रचण्ड सरकारले अघिल्लो सरकारले स्वदेशी लगानीमै फस्ट ट्रयाक निर्माण गर्ने निर्णय गरे पनि बजेटमा कुनै व्यवस्था नगरेको भन्दै विदेशी लगानीलाई प्राथमिकता दिएको हो । प्रधानमन्त्री प्रचण्डले नै फास्ट ट्रयाक निर्माणमा विदेशी लगानी जुटाउने प्रयास भइरहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शनिबार नेपाल टेलिभिजनको कार्यक्रममा दुई उपप्रधानमन्त्रीहरुको छिमेकी मुलुक चीन र भारत भ्रमणका समयमा आयोजना अघि बढाउने विषय एजेन्डामा राखिएको बताए । -राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने