साउन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

आइत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

आइत"/>

११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज मन्त्रिपरिषद् विस्तार हुँदै, को–को हुँदैछन् मन्त्री ?

३० श्रावण २०७३, आईतवार ०२:०२

साउन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

आइतबार केही मन्त्री नियुक्त गर्ने सम्भावना छ । प्रधनमन्त्रीले शुक्रबारसम्म सत्ता साझेदार काँग्रेस र माओवादीबाट थप मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । तर,दुवै दलमा मन्त्री छनोटमा सकस भएपछि ढिलाइ भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा अहिले माओवादीबाट तीन, काँग्रेसबाट दुई, राप्रपाबाट दुई र नेकपा संयुक्तबाट एक मन्त्री छन् ।

माओवादी केन्द्रमा मन्त्रीको नाम लगभग टुंगो लागेको छ । मन्त्रीको सूचीमा परेका प्रभु साहले स्थानीय विकास मन्त्रालय दाबी गरेका छन् ।

मधेसीलाई समेत विश्वासमा लिएर स्थानीय निकायको निर्वाचन गराउनुपर्ने दायित्व भएकाले आफूलाई स्थानीय विकास मन्त्रालय दिँदा सहज हुने धारणा साहले राखेको स्रोत बताउँछ ।

माओवादीमा शिक्षा मन्त्रालय कांग्रेसलाई दिएमा मन्त्रीको सूचीमा परेका डिआर पौडेललाई कानून र साहलाई स्वास्थ्यमा पठाउनेबारे छलफल छ ।

माओवादीले जनार्दन शर्मालाई उर्जा, हितराज पाण्डेलाई स्थानीय विकास र राम कार्कीलाई सञ्चारमन्त्री बनाउने लगभग तय गरेको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ? मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९ जना घाइते नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ : मन्त्री पौडेल रविसहित ७ जनालाई अदालत पुर्‍याइयो, आजै बयान शुरू हुने अजरबैजान विमान दुर्घटना : विमान चरासँग ठोक्किएको प्रारम्भिक निष्कर्ष भोजपुरमा स्कर्पियो दुर्घटना : १० जना घाइते, दुईको अवस्था गम्भीर धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला प्रहरी प्रधान कार्यालयले ३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन दिए निर्देशन धनुषामा एक महिलाको शव गाडेको अवस्थामा फेला दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण पुग्यो अन्तिम चरणमा चार संसदीय समितिको बैठक आज बस्दै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो रहने छ आजको मौसम ! हेर्नुहोस जाजरकोटको नायकवडा केन्द्र बनाएर बिहान गयो भूकम्प मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्– छोराकै मुखबाट सुन्न चाहन्छु अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेर्ने मन्त्रिपरिषद्को निर्णय : सहकारी बोर्ड खारेजदेखि राखेपमा ८ सदस्य नियुक्तिसम्म