साउन ३१, काठमाडौं | उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष दूतका रु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौं | उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष दूतका रु"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

यस्ता तीन सन्देश बोकेर चीन जाँदैछन् अर्थमन्त्री महरा

३१ श्रावण २०७३, सोमबार ०१:५७

साउन ३१, काठमाडौं | उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष दूतका रुपमा तीन महत्वपूर्ण सन्देश बोकी सोमबार चीन प्रस्थान गर्दैछन्। 

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो, परिवर्तित राजनीतिक अवस्था तथा प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी बाटो र नेपाल–चीनबीचका सम्झौता सम्बन्धमा सरकारको प्रतिबद्धतासम्बन्धी स्पष्ट सन्देश लिएर महरा चीन जान लागेका हुन्। 

पाँच दिने चीन भ्रमणका क्रममा उनले मंगलबार गर्ने महत्वपूर्ण राजनीतिक भेटघाटका बेला ती सन्देश उनले चिनियाँ  नेतालाई सुनाउने तथा हस्तान्तरण गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बेइजिङमा कुन नेतासँग महत्वपूर्ण भेटघाट हुने भन्नेबारे भने अझै टुंगो लागिसकेको छैन। 

‘भ्रमणको विस्तृत विवरण आइसकेको छैन, उता बेइजिङ पुगेपछि प्राप्त हुन्छ,’ परराष्ट्र मन्त्रालय उत्तरपूर्वी महाशाखा प्रमुख झविन्द्र अर्यालले भने,‘भ्रमणका बेला महत्वपूर्ण राजनीतिक भेटवार्ता हुन्छ।’

विशेषदूत महराको साथ आर्यल पनि चीन जाँदैछन्। महराका सूचना तथा सञ्चारविज्ञ त्रिभुवन पौडेलका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणका लागि पठाएको निम्तोपत्र विशेष दूतले हस्तान्तरण गर्नेछन् । – नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार