साउन ३१, काठमाडौं | नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको विरोधका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौं | नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको विरोधका "/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

पौडेललाई पेलेरै जाने देउवाको तयारी

२०७३, ३१ श्रावण सोमबार ०२:००

साउन ३१, काठमाडौं | नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको विरोधका बाबजुद संस्थापन पक्षले पेलेरै नेविसंघको निर्वाचन गराउने तयारी गरेको छ। 

टिका लगाएर नेतृत्व चयन गर्ने प्रथा अन्त्य गर्न जसरी पनि निर्वाचन गराउन सभापति शेरबहादुर देउवाले निर्देशक समितिलार्य निर्देशन दिएको स्रातको दाबी छ। सोही अनुसार केन्द्रीय निर्वाचन समितिले निर्वाचनको कार्यतालिकासमेत प्रकाशित गरेको छ।  

तर, पौडेल पक्षधर विद्यार्थीहरुले भने महाधिवेशन प्रतिनिधि चयन गर्दा आफूखुसी तीन सयभन्दा बढी फर्जी प्रतिनिधि थपिएको भन्दै फर्जी प्रतिनिधि खारेज नभएसम्म चुनावमा भाग नलिने बताएका छन्। यता, निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतले आइतबार पत्रकार सम्मेलन गरी मंगलबार जसरी पनि निर्वाचन हुने जानकारी दिएका छन्। 

महतले विवादित जिल्लाको सहमतिमै प्रतिनिधि छनोट गरिएको बताउँदै भने,‘टिका लगाएर नेविसंघ नेतृत्व चयन गर्ने परम्परा तोड्ने चाहना सभापति देउवाको छ। अहिले महाधिवेशन स्थगन हुने कुरा कसैले पनि सोच्नुहुँदैन। सवैले महाधिवेशन सफल पार्न सहयोग गर्नुपर्छ।’

पार्टी सभापति देउवाले फर्जी प्रतिनिधि चयन गरेर नेविसंघको नेतृत्व कब्जा गर्न खोजेको आरोप पौडेल पक्षले लगाएको छ। पौडेल पक्षधर नेताहरुले पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीमा भेला गराएका थिए। सो भेलामा पौडेल पक्षबाट उम्मेदवारी दिने भनिएका विद्यार्थी नेताहरु सहभागी थिए। – राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने