साउन ३२, काठमाडौं | चिनियाँ जहाज उडाएर प्रशस्त आम्दानी गर्दै बजार हिस्सा ओगट्ने नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौं | चिनियाँ जहाज उडाएर प्रशस्त आम्दानी गर्दै बजार हिस्सा ओगट्ने नेपा"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

पाइलटले राजीनामा दिँदा नेपाल बायुसेवा निगमलाई तनाब

३२ श्रावण २०७३, मंगलवार ०१:५३

साउन ३२, काठमाडौं | चिनियाँ जहाज उडाएर प्रशस्त आम्दानी गर्दै बजार हिस्सा ओगट्ने नेपाल बायुसेवा निगमको सपना कहिल्यै विपनामा परिणत नहुने ताजा घटनाबाट पुष्टि भएको छ। 

निगमसँग रहेको १७ सिट क्षमतायुक्त चिनियाँ जहाज उडाउने एकमात्र प्रशिक्षक पाइलटले अकस्मात राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहक निगम व्यवस्थापन अहिले ‘थाल खाऊँ न भात खाऊँ’को अवस्थामा पुगेको छ। 

झन्डै एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको वाई १२–ई सिरिजको उक्त जहाजलाई लामो प्रयासपछि मर्मत गरी उड्न तयार बनाइएको थियो। त्यसपछि नियमित उडान तालिका सार्वजनिक गरेको निगम व्यवस्थापनका अधिकारीहरु अहिले त्यो जहाजका एकमात्र प्रशिक्षक पाइलट आङनुरी शेर्पाले राजीनामा दिएपछि रनभूल्लमा छन्। नहुन् पनि किन? निगमले अमेरिका पठाएर दुई महिना तालिम दिलाएपछि शेर्पा वाई १२–ई का प्रशिक्षक पाइलटका रुपमा उडान गर्न योग्य भएका थिए।

तर, शेर्पाले नियमित उडान गर्नुअघि नै राजीनामा दिए। अब निगम व्यवस्थापनका लागि उक्त जहाज कसरी उडाउने भन्ने चिन्ताले घर गरेको छ। – नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार