साउन ३२, काठमाडौँ | एमालेको जारी स्थायी समिति बैठकमा माओवादी केन्द्रसँगको गठबन्धन टुट्नुमा आफ्नै पार्टीको समेत कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौँ | एमालेको जारी स्थायी समिति बैठकमा माओवादी केन्द्रसँगको गठबन्धन टुट्नुमा आफ्नै पार्टीको समेत कार"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

‘गठबन्धन टुट्नुमा एमालेकै पनि कारण’

३२ श्रावण २०७३, मंगलवार ०१:५७

साउन ३२, काठमाडौँ | एमालेको जारी स्थायी समिति बैठकमा माओवादी केन्द्रसँगको गठबन्धन टुट्नुमा आफ्नै पार्टीको समेत कारण जोडिएको भन्दै नेताहरूले नेतृत्वमाथि प्रश्न उठाएका छन्। स्थायी समितिको दुई दिनदेखि जारी बैठकमा बोल्दै नेताहरूले गठबन्धन जोगाउने पर्याप्त पहल नभएको भन्दै आलोचना गरेका हुन्। कान्तिपुर दैनिकमा समाचार छ।

सोमबार बोल्ने अधिकांश माधव नेपाल पक्षधर नेताहरूले अन्य शक्तिहरू गठबन्धन भत्काउन सक्रिय रहेका बेला आफ्नो तर्फबाट जोगाउने पर्याप्त पहल गर्न पार्टी चुकेको धारणा राखे। वरिष्ठ नेता नेपाल, उपाध्यक्षहरू युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलगायत सोमबार बोलेका थिए। प्रधानमन्त्री प्राप्त गर्ने अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जे निर्णय गर्न सक्ने भए पनि आफ्नो तर्फबाट जोगाउने पहल गर्नु नै बढी बुद्धमानी हुने धारणा उनीहरूको थियो।

‘गठबन्धन टुट्नुमा अन्य शक्तिहरूको भूमिका छ तर यसलाई बुझेर जोगाउन ध्यान दिनुपर्ने थियो,’ नेता नेपालले भने। नयाँ गठबन्धनले संविधान कार्यान्वयन गर्न नसक्ने र मुलुकलाई खतरामा लैजाने सम्भावना रहेको उनको भनाइ थियो।

नयाँ गठबन्धनले निर्वाचन नचाहेको उल्लेख गर्दै त्यसमा विशेष सजग भएर लाग्नुपर्ने धारणा पनि नेताहरूले राखेका थिए। पार्टी संस्थागत ढंगले चल्ने परिपाटीमा समस्या आएको भन्दै नेताहरूले नेतृत्वको ध्यानाकर्षण गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार