भदौ १, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकतर्फी रुपमा पार्टी एकीकरण रोकेको भन्दै राप्रपामा अध्यक्ष पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी भएको छ। यसका लागि केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुले हस्ताक्षर अभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकतर्फी रुपमा पार्टी एकीकरण रोकेको भन्दै राप्रपामा अध्यक्ष पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी भएको छ। यसका लागि केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुले हस्ताक्षर अभ"/>
२०८२, १७ फाल्गुन आईतवार
काठमाडौँ - KTM

राप्रपामा पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी

२०७३, १ भाद्र बुधबार ००:५३

भदौ १, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकतर्फी रुपमा पार्टी एकीकरण रोकेको भन्दै राप्रपामा अध्यक्ष पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी भएको छ। यसका लागि केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुले हस्ताक्षर अभियान थालेका छन्। एक साता समयसीमा दिएर सुरु भएको हस्ताक्षर अभियान शुक्रवार सम्पन्न हुने स्रोतले बतायो। 

राणाको विरोधमा मंगलबार साँझसम्म भन्डै चार दर्जन केन्द्रीय सदस्यले हस्ताक्षर गरेको राप्रपाका एक नेताले दाबी गरेका छन्। उनीहरुले आगामी शनिवार अध्यक्ष राणालाई अल्टिमेटमसहितको ध्यानाकर्षणपत्र समेत बुझाउने तयारी गरेका छन्। सो पत्रमा पहिलो सर्तका रुपमा राप्रपा नेपालसँगको पार्टी एकता जुन ठाउँबाट अबरुद्ध भएको हो सोही ठाउँबाट सुरु गर्न आग्रह गरिएको छ। 

राणाले त्यसलाई अस्वीकार गरेमा पार्टीको नेतृत्वसमेत परिवर्तन गर्न सकिने चेतावनी उनीहरुले दिएका छन्। गत साउन ११ र १२ गते बसेको राप्रपा केन्द्रीय समिति बैठकले राप्रपा नेपालसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। त्यसैगरी साउन २१ मा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राणाले संयुक्त विज्ञप्ति जारी गरी साउन २५ मा पार्टी एकता गर्ने सार्वजनिक घोषणा गरेका थिए।

तर, साउन २४ गते पार्टीको अन्तरिक विधानमा छलफल गर्न बाँकी रहेको भन्दै राप्रप अध्यक्ष राणाले विज्ञप्ति प्रकाशित गरी एकता तत्काल स्थगित भएको बताएका थिए। – अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला