भदौ १, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकतर्फी रुपमा पार्टी एकीकरण रोकेको भन्दै राप्रपामा अध्यक्ष पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी भएको छ। यसका लागि केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुले हस्ताक्षर अभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकतर्फी रुपमा पार्टी एकीकरण रोकेको भन्दै राप्रपामा अध्यक्ष पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी भएको छ। यसका लागि केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुले हस्ताक्षर अभ"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

राप्रपामा पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी

१ भाद्र २०७३, बुधबार ००:५३

भदौ १, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकतर्फी रुपमा पार्टी एकीकरण रोकेको भन्दै राप्रपामा अध्यक्ष पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी भएको छ। यसका लागि केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुले हस्ताक्षर अभियान थालेका छन्। एक साता समयसीमा दिएर सुरु भएको हस्ताक्षर अभियान शुक्रवार सम्पन्न हुने स्रोतले बतायो। 

राणाको विरोधमा मंगलबार साँझसम्म भन्डै चार दर्जन केन्द्रीय सदस्यले हस्ताक्षर गरेको राप्रपाका एक नेताले दाबी गरेका छन्। उनीहरुले आगामी शनिवार अध्यक्ष राणालाई अल्टिमेटमसहितको ध्यानाकर्षणपत्र समेत बुझाउने तयारी गरेका छन्। सो पत्रमा पहिलो सर्तका रुपमा राप्रपा नेपालसँगको पार्टी एकता जुन ठाउँबाट अबरुद्ध भएको हो सोही ठाउँबाट सुरु गर्न आग्रह गरिएको छ। 

राणाले त्यसलाई अस्वीकार गरेमा पार्टीको नेतृत्वसमेत परिवर्तन गर्न सकिने चेतावनी उनीहरुले दिएका छन्। गत साउन ११ र १२ गते बसेको राप्रपा केन्द्रीय समिति बैठकले राप्रपा नेपालसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। त्यसैगरी साउन २१ मा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राणाले संयुक्त विज्ञप्ति जारी गरी साउन २५ मा पार्टी एकता गर्ने सार्वजनिक घोषणा गरेका थिए।

तर, साउन २४ गते पार्टीको अन्तरिक विधानमा छलफल गर्न बाँकी रहेको भन्दै राप्रप अध्यक्ष राणाले विज्ञप्ति प्रकाशित गरी एकता तत्काल स्थगित भएको बताएका थिए। – अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन