भदौ २, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले आइतबारभित्र मन्त्रीको सूची प्रधानमन्त्री प्रचण्डलाई बुझाउने भएको छ । पार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले आइतबारभित्र मन्त्रीको सूची प्रधानमन्त्री प्रचण्डलाई बुझाउने भएको छ । पार"/>
२५ मंसिर २०८२, बुधबार
काठमाडौँ - KTM

कांग्रेस मन्त्रीको टुंगो आइतबार, यी बन्दैछन् कांग्रेसबाट मन्त्री !

२ भाद्र २०७३, बिहीबार ०१:५५

भदौ २, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले आइतबारभित्र मन्त्रीको सूची प्रधानमन्त्री प्रचण्डलाई बुझाउने भएको छ । पार्टीभित्रको भागबण्डा नमिल्दा रोकिएको मन्त्री छनोटलाई सहमतिका आधारमा अन्तिम रूप दिइ शनिबारसम्म बुझाउन सभापति शेरबहादुर देउवाले आन्तरिक गृहकार्य तिब्र पारेका छन् ।

कांग्रेसले शक्तिशाली भातृ संगठन नेविसंघ अधिवेशनलाई कारण देखाएर मन्त्री छनोट हुन नसकेको बताउँदै आएको छ । नेविसंघमा निर्वाचनबाट नयाँ नेतृत्व छनोट सुरू गरिसकेकाले सभापति देउवाले मन्त्रीहरूको सूची बनाउन लागेका हुन् । स्रोतका अनुसार कसलाई कुन मन्त्रालय दिन पनि देउवा मानसिक रूपमा तयार भइसकेका छन् ।

मन्त्री छनोटको सूचीमा परेकाले उनले फोन गरेर संकेत दिएको उनी निकट एक नेताले बताए । स्रोतका अनुसार पौडेल पक्षलाई चारदेखि पाँच मन्त्री दिने निष्कर्षमा उनी पुगेका छन् । पौडेल पक्षले कम्तिमा ५ मन्त्री पाउनुपर्ने माग राख्दै आएको छ ।

पौडेल पक्षबाट पठाइने नाम पनि लभगभ तयार भइसकेको छ । पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवि यादव, डा। शेखर कोइराला मन्त्री बनेर जाने निश्चित भइसकेको छ ।

स्रोतका अनुसार गृह नपाएपछि चिढिएका अर्जुननरसिंह केसीलाई शिक्षा मन्त्रालय दिएर फकाउने प्रयास भइरहेको छ ।

तर, केसी स्वंयले शिक्षा पाए मन्त्री बन्ने संकेत सभापति देउवालाई दिइसकेका छन् । सुरुमा माओवादी केन्द्रको भागमा परेको शिक्षा मन्त्रालय केसीकै कारण कांग्रेसले लिन खोजेको हो । केसीले शिक्षा रोजेका कारण सभापति देउवाले माओवादी मन्त्रीले सपथ ग्रहण गर्नु केहीबेरअघि प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर शिक्षा कांग्रेसलाई राख्न आग्रह गरेका थिए ।

शिक्षाको ठाउँमा माओवादीले स्वास्थ्य मन्त्रालय पाउने भएको छ । सभापति देउवाले केसीलाई रक्षा मन्त्रालय दिने मानसिकता बनाएको भए पनि उनले अस्वीकार गरेका कारण सो मन्त्रालयको जिम्मेवारी अब बालकृष्ण खाँणलाई दिने तयारी भइरहेको छ । देउवाले यसको संकेत खाँणलाई दिइसकेका छन् ।

आफ्ना विश्वासपात्र खाँणलाई पहिलो चरणमै मन्त्री बनाउने उनको चाहना भए पनि पार्टीभित्रको विवादबढेपछि सफल भएको थिएन । यसैगरी, देउवाले कर्णालीबाट जीवन शाही, मधेसबाट फरमुल्लाह मन्सुर र जनजातिबाट भीष्म आङदम्बेलाई मन्त्री बनाउने सोच बनाएका छन् । ओखलढुंगाका सांसद रामहरि खतिवडालाई पनि राज्यमन्त्री बनाउने उनको योजना छ । -राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो