भदौ २, काठमाडौं । १० माओवादी घटकको पार्टी एकता घोषणा भएको तीन महिना नपुग्दै एउटा घटक पार्टीले एकताको भाव सम्बोधन हुन नसकेको भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, काठमाडौं । १० माओवादी घटकको पार्टी एकता घोषणा भएको तीन महिना नपुग्दै एउटा घटक पार्टीले एकताको भाव सम्बोधन हुन नसकेको भ"/>
२०८२, २० फाल्गुन बुधबार
काठमाडौँ - KTM

मातृका यादवले प्रचण्ड र बादललाई पठाए यस्तो पत्र !

२०७३, २ भाद्र बिहीबार ०२:१९

भदौ २, काठमाडौं । १० माओवादी घटकको पार्टी एकता घोषणा भएको तीन महिना नपुग्दै एउटा घटक पार्टीले एकताको भाव सम्बोधन हुन नसकेको भन्दै नेतृत्वमाथि प्रश्न उठाएको छ ।

नेता मातृका यादवले पार्टी एकताका १३ बुँदे सैद्धान्तिक सहमतिबाट पार्टी नेतृत्व पछाडि हट्न खोजेको भन्दै नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् ।

यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संगठन विभाग प्रमुख रामबहादुर थापालाई पत्र पठाई त्यस्तो प्रश्न उठाएका हुन् । उनले २८ साउनमा दुवै नेतालाई त्यस्तो पत्र पठाएका थिए ।

यादवले पार्टी एकता गर्दा सुरुमा एकता प्रक्रियामा सहभागी हुने सबै माओवादी घटकका केन्द्रीय समितिको मात्र आयोजक समिति बनाउने समझदारीलाई नेतृत्वले तोडेर सांगठनिक सन्तुलन बिगारेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा र बादललाई पार्टी कार्यालय पेरिसडाँडामा भेटेर मातृकाले पत्र बुझाएका हुन् ।

यादवले एकता प्रक्रियाका नाममा सबै घटक समूहलाई समेटेर भद्रगोल आयोजक समिति बनाउँदासमेत आफ्नो पक्षलाई बेवास्ता गरिएको आरोप लगाए ।-नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा