भदौ ३, काठमाडौं । युवाहरुको आपसी झगडामा एकजनाले ज्यान गुमाएको क्षेत्रपाटीको घटना सेलाउन नपाउँदै कपनमा तीनजना युवतीले अर्की युवतीलाई मरणासन्न हुनेगरी कुटेर घाइते बनाएका छन् ।

काठमाडौंका युवामा बढ्दै गरेको ‘ग्याङ फाईट’ (सामुहिक झगडा) को प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौं । युवाहरुको आपसी झगडामा एकजनाले ज्यान गुमाएको क्षेत्रपाटीको घटना सेलाउन नपाउँदै कपनमा तीनजना युवतीले अर्की युवतीलाई मरणासन्न हुनेगरी कुटेर घाइते बनाएका छन् ।

काठमाडौंका युवामा बढ्दै गरेको ‘ग्याङ फाईट’ (सामुहिक झगडा) को प्"/>

२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण पर्यो कप्पनमा केटी-केटीबीच ग्याङ फाइट, १५ वर्षीय अस्मिता गम्भीर घाइते

२०७३, ३ भाद्र शुक्रबार ०१:५७

भदौ ३, काठमाडौं । युवाहरुको आपसी झगडामा एकजनाले ज्यान गुमाएको क्षेत्रपाटीको घटना सेलाउन नपाउँदै कपनमा तीनजना युवतीले अर्की युवतीलाई मरणासन्न हुनेगरी कुटेर घाइते बनाएका छन् ।

काठमाडौंका युवामा बढ्दै गरेको ‘ग्याङ फाईट’ (सामुहिक झगडा) को प्रभाव यतिबेला युवतीमा समेत सरेको अनुमान प्रहरीले गरेको छ । प्रहरीले कपन साततले चोकमा कुटपिट गरेको आरोपमा तीनजना युवतीलाई पक्राउ गरेको छ ।

आफूलाई कर्के आँखाले हेरेको विषयमा तीनजना युवती मिलेर अर्की युवतीलाई मरणासन्न हुनेगरि कुटेको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी प्रभाग कपनले १५ वर्षीय अस्मिता राई कुटपिट गरेको आरोपमा १९ वर्षीया सितल गुरुङ र मनता शाही तथा १६ वर्षीया एन्जुम शेर्पालाई बुधबार पक्राउ गरेको हो ।

प्रभागका इन्चार्ज फडिन्द्र रानाभाटका अनुसार कुटपिटमा संलग्न तीनैजना युवती साततलेमा रहेको पसलमा बस्ने र अस्मिता सोही बाटो भएर हिँडडुल गर्दा कर्के नजरले हेर्ने गरेको विवादमा घटना भएको हो ।

बुधबार साँझ तीनैजना पसलमा रहेका समय अस्मितालाई आउदै गरेको देखेपछि उनीहरुले फिल्मी शैलीमा अस्मितालाई कुटपिट गरेका थिए । कुटपिट गर्दा घाइते भएकी राईलाई उपचारको लागि हेल्पिङ ह्याण्ड अस्पताल चावहिल लगिएकोमा अस्पतालले थप उपचारका लागि दीर्घायु अस्पताल मित्रपार्कमा रेफर गरेको थियो। 

अस्मिताको टाउकोमा चोट लागेको छ । प्रभागले बुधबार नियन्त्रणमा लिएका तीनैजना र घाइतेका परिवारको आपसी सहमतिमा बिहीबार घटना मेलमिलापमा टुङगाएको छ । प्रहरी निरीक्षक रानाभाटका अनुसार घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने र अब मिलेर बस्ने दुवै पक्षबीच सहमति भएको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला