भदौ ४, काठमाडौं । गत साउन ३१ गते सोमबार काभ्रे कोसीपारीके बिर्ता देउराली-९ खहरेखोलामा भएको बा ३ ख १०६ नम्बरको बस दुर्घटनाका च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, काठमाडौं । गत साउन ३१ गते सोमबार काभ्रे कोसीपारीके बिर्ता देउराली-९ खहरेखोलामा भएको बा ३ ख १०६ नम्बरको बस दुर्घटनाका च"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

काभ्रे दुर्घटनामा परेको बसका चालक भन्छन्ः ‘मकैबारीमा लुकेर बिएण्डबी अस्पताल पुगे’

४ भाद्र २०७३, शनिबार ०१:३६

भदौ ४, काठमाडौं । गत साउन ३१ गते सोमबार काभ्रे कोसीपारीके बिर्ता देउराली-९ खहरेखोलामा भएको बा ३ ख १०६ नम्बरको बस दुर्घटनाका चालक रामेछाप-१ लखनपुरका चिन्तामणि गौतमले दुर्घटनापछि घाइते अवस्थामै मकैबारीमा लुकेर बिएण्डबी अस्पताल पुगेको बताएका छन् ।

‘दोलालघाटमा खाना खाएर बस स्टार्ट गर्न खोज्दा भएन, केही यात्रुले धकेलेपछि बस स्टार्ट भयो, मैले  सोचेँ अब स्टार्ट बन्द हुँदैन’, चालक गौतमले भने,’मेरो सोचाइ गलत भयो, बसको अन्तिम स्टप मदनकुँडारी गाविसमा पुगेर स्टार्ट बन्द गर्ने मेरो योजना खहरेखोलाको उकालोमा तुहियो ।’

अलि तल तेर्सो थियो, गियर २ मा चलाएको थिएँ, उकालोमा तान्दैन भनेर १ नम्बर गियरमा राखेँ, उकालो सकिन ३० सेकेन्ड जति बाँकी थियो बसको स्टार्ट बन्द भयो,’ चालक गौतमले भने,’स्टार्ट बन्द हुनेबित्तिकै सह चालक कमल गौतमलाई ओट राख्न भने उनी ओर्लिएर ओट राख्न खोज्दै थिए बस चिप्लिरहृयो ।

‘चिप्लिएको बसमा भएभरको बल लगाएर ब्रेक लगाएँ,’केही सिप लागेन, बसले बल्ड्याङ खायो,’ उनले भने,’ बेहोस भएछु, होसमा आउँदा बीभत्स दृश्य देखेँ, म बाबियोको बोटमा अल्झिएको रहेछु उठ्दा छेउमै ठूलीआमा पर्नेको पेट फुटेको देखेँ, उचालेर यता राखिदिए र सडकमा आएँ ।’

मान्छेहरू कराँदै थिए  । मैले भाइ कमल गौतमलाई भेटेँ । मसँग मोबाइल पनि थिएन । उसैसँग मकैबारीमा गएर साथीलाई फोन गरेर मोटरसाइकल बोलाएँ । त्यो मोटरसाइकलमा त्यही बाटो हुँदै फलाँटे आएँ। हात भाच्चिएको थियो । फलाटेसम्म मोटरसाइकलमा आएर बोलेरो गाडी बोलाएँ, त्यसमै बिएण्डबी आइपुगेँ र भर्ना भएँ,’ उनले भने,’ श्रीमती र आफन्तलाई अस्पतालमा भेटेँ । हाम्रो गाडी हो भनेर  मेरा आफन्तहरू पनि चढेका थिए । दाजुभाइ र आफन्तको पनि निधन भयो। केही घाइते भए अस्पतालमै बसेर नक्कली लाइसेन्सको बारेमा समाचार पढेँ ।’

‘२०६० साल पुस २९ गतृ लिएको ०६२१३४२९ नम्बरको लाइसेन्स दुईपटक नवीकरण गरें । लपछिल्लो समयावधि २०७५ कात्तिक ५ गतेसम्म छ । दुर्घटनापश्चत थुप्रै कुराहरु आए, बाहिर आएका कुराहरुमा थोरै मात्र सत्यता छ, दुर्घटना चाहेर हुँदैन, त्यो बस मेरो आफ्नै हो, मलाई रहर होला र दुर्घटना गराउने ।’

७ महिनाअघि रुटको साढे ९ लाखसहित २७ लाखमा बस किनेका चिन्तामणिका पार्टनर सहचालक कमल गौतम हुन् । -नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…