२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कांग्रेसमा यस्ता छन् सभापतिका उम्मेदवार !

२६ मंसिर २०७८, आईतवार ०४:३१

मङ्सिर २६, काठमाडौँ | नेपाली कांग्रेसको १४औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। यसका लागि अहिले ६ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन्। उनीहरूको यस्तो छ पृष्ठभूमिः

शेरबहादुर देउवा

बिं.सं २०२० को अन्त्यतिर राजनीतिमा उदाएका शेरबहादुर देउवा कोइराला परिवारबाहिरबाट कांग्रेस सभापति बन्ने पाँचौं नेता हुन्। २०५३ पछि निरन्तर कोइराला परिवारमा रहेको कांग्रेस नेतृत्व १९ वर्षपछि देउवाको पोल्टामा आएको हो। २००४ जेठ ३० गते डडेलधुरा, असिग्राममा जन्मेका देउवा जुझारु राजनीतिक छविकै कारण ३० दशकको सुरुमै युवा पुस्ताबीच लोकप्रिय बनिसकेका थिए। बिपी कोइरालाको सान्निध्यमा रहेर राजनीति अघि बढाउने मौका पाएका उनी २०४६ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालासमेतको साथले राष्ट्रिय राजनीतिमा स्थान सुरक्षित गर्न सफल भए। त्यसअघि २०३६ को जनमत संग्रहमा पूर्व–पश्चिसम्मका सभा–समारोहमा बिपी कोइरालासँगै खटेका थिए। पञ्चायतविरुद्धको संघर्षमा भारत प्रवास नगई नेपालभित्रै विद्यार्थी आन्दोलनमा सक्रिय देउवाले पटकपटक गरी १० वर्ष जेलजीवन बिताएका छन्।

२०४६ को परिवर्तनसँगै खुला राजनीतिक परिवेशमा पार्टी संस्थापक कृष्णप्रसाद भट्टराईसहित नेताको सहयोग लिँदै अघि बढेका देउवाले पछि गिरिजाप्रसादलाई नै पार्टी नेतृत्वमा चुनौती दिए। संस्थापक नेता भट्टराईको ‘लिगेसी’ बिस्तारै देउवामा सरिरहेका बेला मुलुकमा संकटकाल लगाउने विषयमा २०५९ मा पार्टीभित्र विवाद चर्कियो। यो प्रकरण लम्बिँदै जाँदा पार्टी विभाजन हुन पुग्यो। भट्टराईको संरक्षण तथा गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रलाई साथ लिएर देउवाले ‘नेपाली कांग्रेस ९प्रजातान्त्रिक०’ नाममा छुट्टै पार्टी गठन गरेका थिए। पार्टी नेतृत्वका लागि तेस्रोपटक मैदानमा उत्रिएका देउवा दसौं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र १२औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए।

०४८ यताका संसदीय निर्वाचन र संविधानसभा निर्वाचनमा उनी डडेलधुराबाट निर्वाचित हुँदै आएका छन्। २०४८ को आमनिर्वाचनपछि गृहमन्त्री बनेका उनले २०५२, २०५८ र २०६१ मा गरी तीनपटक मुलुकको प्रधानमन्त्री जिम्मेवारी सम्हालिसकेका छन्। राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक उनी २०५२ मा सर्वसम्मत र २०५८ मा सुशील कोइरालालाई पराजित गर्दै संसदीय दल नेता बनेका थिए। तर, २०७० मा दोस्रो संविधानसभा निर्वाचनपछिको संसदीय दल निर्वाचनमा भने उनी सुशीलसँगै पराजित भए। त्यसअघि २०६४ को संविधानसभा निर्वाचनपछि भएको संसदीय दल निर्वाचनमा पनि उनी पौडेलसँग पराजित भएका थिए।

पार्टी निर्देशनविपरीत मुलुकमा संकटकाल लगाउने निर्णयसँगै २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि उनी आलोचित बन्न पुगे। देउवाको उक्त कदमसँगै तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गरी शासनसत्ता आफ्नो हातमा लिए। माओवादी सशस्त्र द्वन्द्वका कारण निर्वाचन गराउन नसक्ने अवस्था हुँदाहुँदै संसद विघटनपछि देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो। त्यसलगत्तै उनले पार्टी विभाजन गरेर छुट्टै दल दर्ता गराएका थिए।

२०६४ असोजमा पार्टी एकीकरणपछि उनी पार्टीको मर्यादाक्रममा दोस्रो स्थानमा रहँदै आएका थिए। सुदूरपश्चिमको सामान्य परिवारबाट आएर राजनीतिक उचाइ बनाएका देउवाले मन्त्री, प्रधानमन्त्री, विपक्षी दल नेताको जिम्मेवारी सम्हालिसके पनि पार्टी विधानको व्यवस्थाअनुसार पदाधिकारी जिम्मेवारी भने अहिलेसम्म पाएका थिएनन्। प्रजातन्त्र पुनःस्थापनापछि युवा उमेरमै प्रधानमन्त्री बन्न सफल नेताका रूपमा देउवाको चर्चा हुन्छ। तर, उनले मुलुक र पार्टीलाई युवापुस्ताले आशा गरेअनुसार अघि बढ्न नसकेको आरोप पार्टीकै नेताले लगाउने गरेका छन्। पाँचौ पटक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका देउवा पार्टीको १४औं महाधिवेशनमा फेरि सभापतिको प्रत्यासी बनेका छन्। २०७२ फागुनमा भएको १३औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका थिए।

डा. शेखर कोइराला

राणा, शाहपछि नेपालको राजकाज र शासन व्यवस्थामा कोइराला परिवार अग्रपंक्तिमा आउँछ। त्यही परिवारमा २००७ सालमा विराटनगरमा जन्मेका थिए शेखर कोइराला। २०४६ को राजनीतिक परिर्वतनपछि उनले विस्तारै चिकित्सा पेसालाई पाखा लगाउँदै उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरे। पार्टीको मूल नेतृत्वमा मात्र होइन मुलुककै नेतृत्वमा पुग्ने लक्ष्यसहित पछिल्लो दशकमा सक्रिय शेखरको राजनीतिक यात्रा स्वाभाविक मानिए पनि राजनीतिक सिँढी चढ्ने सघर्ष जारी छ। हजुरबुबा कृष्णप्रसादले स्थापना गरेको विराटनगरको आदर्श स्कुलमा कक्षा ५ को परीक्षा दिएपछि २०१६ सालमा शेखर काठमाडौं आएका थिए।

कांग्रेसका संस्थापक नेता एवं शेखरका ठूलोबुबा बिपी कोइराला प्रधानमन्त्री भएकै बेला विराटनगरबाट काठमाडौं झरे। पहिलोपटक काठमाडौं आएका शेखर त्रिपुरेश्वरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसे। उनी त्यसबेला आफ्नो गलाको अपरेसन गराउन आएका थिए। २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले बीपी कोइराला नेतृत्व जननिर्वाचित सरकार बर्खास्त गर्दा शेखर अस्पतालमा अपरेसन गरेपछिको तन्द्रामा थिए। घाँटीमा समस्या देखिएपछि सानेपास्थित शान्तभवन अस्पतालमा उनले शल्यक्रिया गरेर बसेका थिए।

विराटनगरकै आदर्श हाइस्कुलबाट शेखरले विद्यालय शिक्षा पूरा गरे। मोरंग क्याम्पसमा आइएस्सी अध्ययनका लागि भर्ना भए। उच्च शिक्षा मात्र होइन विद्यालय शिक्षा पनि कोइराला परिवारका अन्य सदस्यले देश वा नभए पनि मोरङ बाहिरबाट लिएको भए पनि शेखरले मोरङ छोडेनन्न्। आइएस्सी अध्ययनकै क्रममा त्रि–चन्द्र कलेजमा अध्ययनरत छात्रामाथि नेपाल प्रहरीका डिआइजी नारद सिंहले अभद्र व्यवहार गरेको भन्दै त्यसविरुद्ध देशभरि प्रदर्शन भयो।

जसलाई नारद सिंह काण्ड भनेर अहिले पनि चर्चामा छ। त्यसक्रममा शेखरसहितका विद्यार्थीले विराटनगर स्थित मोरङ क्याम्पसमा आन्दोलन चर्काए। त्यसबेला शेखर राजनीतिको मैदानमा उत्रिए। त्यसपछि पञ्चायत कालमा एकाएक मोरङ कलेज अगाडि महेन्द्र थपेर कलेजको नाम ‘महेन्द्र मोरङ’ कलेज राखियो। त्यसबेला पनि विद्यार्थी आन्दोलनमा होमिए, त्यसमा शेखर अग्रपंक्तिमा थिए, उनलाई प्रहरीले गिरफ्तार र्गयो, उनी जेल परे। मोरंग कलेज पछि शेखरको राजनीतिले बाटो लिएको हो।

२०३३ साल पुस १६ गते बिपी कोइराला विभिन्न मुद्दाहरूको प्रवाह नगरी राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश फर्किए। त्यसबेला शेखर वीर अस्पतालमा जागिरे थिए। बीपीसहितका नेतालाई तत्कालीन सरकारले गिरफ्तार ग¥यो। उनीहरू अस्पताल फर्के। राजनीति र चिकित्सा पेशालाई लामो समयसम्म सँगसँगै लगेका थिए शेखरले। पढाइ सकेर नेपाल फर्केपछि शेखर गृहनगर मोरङ रोजे। कोसी अञ्चल अस्पतालमा काम गर्न थालिसकेका थिए। २०४३ सालमा सरकारले चुनावको घोषणा ग¥यो। कांग्रेसले आउट पोस्ट कब्जाको रणनीति लिएको थियो। विराटनगर नगरपालिकाको प्रमुखमा लक्ष्मण बस्नेतले उम्मेदवारी दिए। अस्पतालको ड्युटी सकेपछिको समयमा शेखर बस्नेतको चुनावप्रचारमा हिँड्न थाले।

२०४६ को राजनीतिक परिवर्तनपछि प्रत्यक्ष र परोक्षरूपमा राजनीतिमा सक्रिय शेखर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार र उपकुलपतिको भूमिका निर्वाह गरे। पार्टी केन्द्रीय सदस्य शेखर २०६४ मा भएको संविधानसभा उपनिर्वाचिन र ०७० मा जितेका शेखर अहिले कांग्रेसको मूल नेतृत्वको प्रतिस्पर्धामा छन्।

विमेलेन्द्र निधि

२०१२मा धनुषा जन्मेका विमलेन्द्र निधिले २०२७ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए। १४ वर्षको उमेरमा २०२६ सालमा पहिलो पटक गिरफ्तार निधि २०२९ सालमा रारा बहुमुखी क्याम्पस जनकपुरको स्ववियू सचिव २०३६ सालमा जनकपुरमा सम्पन्न तेस्रो महाधिवेशनबाट नेवि संघको अध्यक्ष भएका थिए। २०३८ सालमा पंचायती निर्वाचन बहिष्कारको अगुवाई गरेका निधि २०५१ सालको मध्यावधि निर्वाचनमा धनुषा–४ बाट निर्वाचित। २०५२ मा सामान्य प्रशासन बनेका निधि कांग्रेसको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। ०६४ सालमा नेपाली कांग्रेस र नेपाली नेपाली कांग्रेस प्रजातान्त्रिकबीचको एकीकरणपछि कांग्रेस महामन्त्रीको जिम्मेवारीम पुगेका निधि १३औं महाधिवेशनपछि पार्टीको उपसभापतिमा मनोनित भएका थिए। प्रजातान्त्रिक आन्दोलनका क्रममा जलेश्वर, मलंगवा, सिन्धुलीगढी, रामेछाप, केन्द्रीय कारागार र नख्खु कारागारमा गरी ७ वर्ष जेल बसेका निधिले सरकारको उपप्रधानमन्त्री सम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

प्रकाशमान सिंह

२०१२ सालमा काठमाडौंको क्षेत्रपाटीमा जन्मेका सिंह २०३० साल देखि राजनीतिमा सक्रिय भएका हुन्। कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले २०५७ कात्तिकमा काठमाडौंसहित १६ जिल्लाका कार्यसमिति भंग गर्द सिंह काठमाडौं सभापति थिए। पोखरामा भएको दसौं महाधिवेशनमा कांग्रेसका संस्थापक नेता गणेशमान सिंहका पुत्रसमेत रहेका सिंह लोकप्रिय मतसहित केन्द्रीय सदस्य निर्वाचित भए।

२०४७ देखि एक दशक जिल्ला सभापति भएका सिंहको काठमाडौंको कांग्रेस राजनीतिमा बलियो पकड छ। २०५९ मा कांग्रेस विभाजन भएपछि शेरबहादुर देउवा नेतृत्वको कांग्रेस ९प्रजातान्त्रिक०मा लागेका सिहं ११औं महाधिवेशनपछि महामन्त्री हुँदै उपसभापतिमा बडुवा भएका थिए। सिंह र निधिबीच महामन्त्रीमा को वरिष्ठ भन्ने विवाद भएपछि उनलाई देउवाले उपसभापतिमा बडुवा गरेका थिए। २०६४मा दुई पार्टी एकीकरण उपसभापतिको जिम्मेवारीमा रहेका सिंह २०६७ असोजमा भएको १२औं महाधिवेशनमा सुशील कोइराला समूहबाट महामन्त्री उम्मेदवार बने। निधिलाई हराउँदै सिंह कांग्रेसको पहिलो निर्वाचित महामन्त्री बने।

१३औं महाधिवेशनमा सभापतिमा दाबी गरे पनि अन्तिम समयमा उनले रामचन्द्र पौडेललाई समर्थन गरेका उनी सरकारको उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हाली सकेका छन्। २०१२ माघमा भएको कांग्रेसको छैटौं महाधिवेशनमा गणेशमान सभापतिको आकांक्षी रहे पनि विपीले सुवर्णशमशेरलाई समर्थन गर्दा उनी नेतृत्वबाट वञ्चित भएका थिए। १४औं महाधिवेशनमा आइपुग्दा विपी पुत्र शशांकले त नेतृत्व दाबी छाडे तर उनकै भाइ केवशको छोरा शेखर र हिंसबीच ६६ वर्षपछि नेतृत्वको प्रतिस्पर्धामा खडा भएका छन्।

कल्याण गुरुङ

२०२७ सालमा महोत्तरीमा जन्मेका कल्याण गुरुङको तीन पुस्ता कांग्रेस राजनीतिमा सक्रिय छ। बाजे रणबहादुर २००७ सालको जनक्रान्तिमा कांग्रेसमार्फत सक्रिय भएका थिए भने पिता बसन्तकुमार नेपाल विद्यार्थी संघको संस्थापक हुन्। नेपाल विद्यार्थी संघबाट २०४२ सालमा राजनीति सुरु गरेका गुरुङ पार्टी विभाजन हुँदा नेपाल विद्यार्थी संघको अध्यक्ष भएका थिए। पार्टी एकीकरणपछि सहअध्यक्ष भएका गुरुङ पार्टीको १३औं महाधिवेशनम केन्द्रीय सदस्य निर्वाचित भएका थिए। १४औं महाधिवेशनमा उनले सभापतिमा उम्मेदवारी दिएका छन्।  नागरिक दैनिकमा समाचार छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष चार देशका राजदूतले लिए शपथ रास्वपाले मंसिर ८ गतेदेखि देशब्यापी आन्दोलन गर्ने तनहुँमा बस दुर्घटना हुँदा २९ जना घाइते राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा के छ ? बिराटनगर किङ्ग्सको ब्राण्ड एम्बेसडर बने दयाहाङ राई रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्ध मानवअधिकार आयोगमा उजुरी रास्वपाको दाबी- सहकारीबाट अपचलन भएको ८८ अर्ब मकै पोल्ने र जुत्ता पालिस गर्नेको होईन, राजनीतिक भ्रष्टाचारीको हो इजरायली प्रधानमन्त्री नेतन्याहुको घरमा फेरि आक्रमण रवि लामिछानेविरुद्ध फेरि पक्राउ पुर्जी जारी ‘कर्मा’मा उपासना र मुकुन भुषाल अनुबन्धित ‘पुष्पा २’ ट्रेलर आज सार्वजनिक हुँदै: कहाँ र कति बजे हेर्न सकिन्छ? नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल पूर्वसभामुख दमननाथ ढुंगानाको निधन कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ? खादा र माला सहित तामझामका साथ उम्मेदवारी दिन निस्किएका महर्जनले उम्मेदवारी रोक्नुपरेपछी…. ओखलढुंगाको जिससमा बन्यो एमाले-कांग्रेस गठबन्धन, कांग्रेसलाई एमालेको साथ उड्न लागेको विमानमा गोली लागेपछि… उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी कोशी अस्पतालमा कैदीको मृत्यु रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो