भदौ ५, काठमाडौं । गत जेठ ६ गते १० वटा कम्युनिष्ट समूहसँग एकीकरण गरेपछि जतिसक्दो चाँडो महाधिवेशन गर्ने योजनामा रहेको नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गरेसँगै अलमलमा पर्न थालेको छ ।

खासगरी पार्टी र सरकारको कामलाई समायोजन र सन्तुलन गरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ५, काठमाडौं । गत जेठ ६ गते १० वटा कम्युनिष्ट समूहसँग एकीकरण गरेपछि जतिसक्दो चाँडो महाधिवेशन गर्ने योजनामा रहेको नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गरेसँगै अलमलमा पर्न थालेको छ ।

खासगरी पार्टी र सरकारको कामलाई समायोजन र सन्तुलन गरी"/>

२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारमा जाँदा अलमलियो माओवादी, नेता-कार्यकर्ता निराश

५ भाद्र २०७३, आईतवार ०३:०७

भदौ ५, काठमाडौं । गत जेठ ६ गते १० वटा कम्युनिष्ट समूहसँग एकीकरण गरेपछि जतिसक्दो चाँडो महाधिवेशन गर्ने योजनामा रहेको नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गरेसँगै अलमलमा पर्न थालेको छ ।

खासगरी पार्टी र सरकारको कामलाई समायोजन र सन्तुलन गरी अघि बढाउने सवालमा माओवादी नेतृत्व अलमलिएको नागरिक दैनिकमा समाचार छ ।

पार्टीका लागि सरकारमा सहभागीता भन्दा पनि एकता महाधिवेशन महत्वपूर्ण ठानिएको बेला, ‘सीमित नेताको चाहना’मा सरकारको नेतृत्व गर्दा पार्टीका आन्तरिक काममा समस्या पर्न थालेको माओवादी नेता-कार्यकर्ताले गुनासो गर्न थालेका छन् ।

माओवादीका एक हेडक्वाटर सदस्यका अनुसार १० वटा कम्युनिष्ट घटकको एकीकरणपछि अधिकांश नेता-कार्यकर्तालाई व्यवस्थापन गर्न नसकिरहेकै अवस्थामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा पार्टीको आन्तरिक काममा समस्या पर्दै आएको छ ।

‘एकीकरणको विवाद मिलाउन नसकेर २१ सयभभन्दा बढीको केन्द्रीय कमिटी घोषणा गर्दा पार्टीभित्रै व्यंग्य भइरहेको छ,’ ति नेताले भने, ‘आन्तरिक समस्याको व्यवस्थापन नहुँदै सरकारमा गएपछि सिंगो पार्टी र कार्यकर्ता अलमलमा परेका छन् ।’

कांग्रेस-माओवादी गठवन्धनमा अध्यक्ष दाहालले सरकारको नेतृत्व गरेपछि त्यसको असर पार्टीको आन्तरिक काममा देखिन थालेको भन्दै नेता-कार्यकर्ता निराश भइरहेका छन् ।

आउँदो पुस २३ गते गर्ने भनिएको पार्टी एकीकरणपछिको पहिलो महाधिवेशन रोकिएको निर्णय सुनेपछि झन् धेरै नेता-कार्यकर्ता निराश भए । शुक्रबार माओवादीको कार्यालय बैठकले भदौ ११ गतेका लागि तोकिएको महाधिवेशन आयोजक समितिको बैठक र पुस २३ गतेको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो