भदौ ६, काठमाडौं । कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट देश निकाला गर्ने तयारी गरेको छ । देश निकालाको लागि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


भदौ ६, काठमाडौं । कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट देश निकाला गर्ने तयारी गरेको छ । देश निकालाको लागि"/>

२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘फेसबुकमा स्टाटस प्रकरण’: कमेन्ट गरेको भरमै नेपालीलाई देश निकाला !

२०७३, ६ भाद्र सोमबार ०१:२७



भदौ ६, काठमाडौं । कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट देश निकाला गर्ने तयारी गरेको छ । देश निकालाको लागि कतार सरकारले लामिछानेलाई लागि पक्राउ गरिसकेको छ । उनलाई घरफिर्ती केन्द्र डिपोर्टटेशन सेन्टरमा राखिएको छ ।

अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघको पूर्व अन्तर्राष्ट्रिय सदस्य दीपा राईले लामिछाने विरुद्ध दिएको उजुरी उपर छानबिन गरी कतार सरकारले आफ्नो देशमा रोजगार गर्न नपाउने गरी लामिछानेलाई डिपोर्ट गर्न लागेको हो । राई विदेशमा कार्यरत नेपालीको हितको लागि काम गर्ने एनआरएनको बैदेशिक रोजगार तथा आप्रवासन कल्याण समितिमा अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्छन् ।

लामिछानेलाई गत मंगलबारमा पक्राउ गरि घर फिर्ती केन्द्र डिपोर्टटेशन सेन्टरमा राखिएको छ । त्यसअघि पनि उनलाई कतारको खोज तथा अनुसन्धान केन्द्र एसएफडीले पक्राउ गरिसकेको थियो । उनलाई एक जना नेपाली कामदारले आफू जमानतमा बसेर आफ्नो राहदानी केन्द्रमा बुझाएपछि सेन्टरबाट बाहिर निकालेका थिए ।

अष्ट्रेलियाको स्थायी बसोबासको अनुमति पाएकी राईले ‘लामिछानेले आफ्नो फेसबुक स्ट्याटसमाथि गालीगलौज गरेर कमेन्ट पोष्ट गरेको र कतारमा बसेर राजनीति गरेको’ भन्दै उजुरी गरेकी थिइन् ।

गत जुनको अन्तिम सातामा अष्ट्रेलिया भ्रमणमा जान लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध राईले आफ्नो फेसबुकमा स्टाट्स पोष्ट गरेकी थिइन् । त्यसउपर लामिछानेले प्रचण्डको बचाउ गर्दै राईको आलोचना गरेका थिए ।

११ वर्षदेखि कतारको एक कम्पनीमा प्रशासकीय विभागमा काम गर्दै आएका लामिछानेलाई डिपोर्ट नगर्न नेपाल सरकारले कतारलाई आग्रह गरेको छ । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला