भदौ ७, काठमाडौं | गत शुक्रबार बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौं भित्र छिरीसकेको थियो। साझको बेला अध्यारो उपत्यकाभित्र आइसकेको जहाज ठैंचु नाघेर हात्तिवन माथीको आकासमा थियो ।

त्यहीबेला ककपिटमा विपरित दिशा (ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, काठमाडौं | गत शुक्रबार बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौं भित्र छिरीसकेको थियो। साझको बेला अध्यारो उपत्यकाभित्र आइसकेको जहाज ठैंचु नाघेर हात्तिवन माथीको आकासमा थियो ।

त्यहीबेला ककपिटमा विपरित दिशा (ज"/>

१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैंककबाट नेपाल आउँदै गरेको बिमानमा लेजर आक्रमण !

७ भाद्र २०७३, मंगलवार ०१:२६

भदौ ७, काठमाडौं | गत शुक्रबार बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौं भित्र छिरीसकेको थियो। साझको बेला अध्यारो उपत्यकाभित्र आइसकेको जहाज ठैंचु नाघेर हात्तिवन माथीको आकासमा थियो ।

त्यहीबेला ककपिटमा विपरित दिशा (जडीबुटी) बाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले ककपिटमा आक्रमण गर्‍यो। १ सय ४० यात्रु बोकेर आइरहेको विमानलाई अवतरण गराउन खोजिरहेका क्याप्टेनका आँखामा असर पर्‍यो। उनीहरु झस्किए। नेपाली आकासमा पाइलटहरुले यस्तो अवस्था यसअघि कहिल्यै ब्यहोरेका थिएनन। विदेशी मुलुकमा बेलाबेला भइरहने यस्तो समस्या नेपाली पाइलटले गतथ शुक्रबार पहिलोपटक फेस गरेको खबर आजको कान्तिपुरमा सुरज कुँवरले लेखेका छन् ।

लेजरलाइटले उत्सर्जन गरेको हरियो चुम्बिकए विकिरणले ककपिटको कमाण्ड सम्हालिरहेका चालकदलको आँखामै हानेपछि अप्ठ्यारो अवस्था पैदा भयो। धन्न त्यो विमानको कोपाइलट सिटमा बसेका चालकले यसबारे पूर्व जानकारी र अध्ययन गरेकाले सावधानी अपनाइ हाले। क्याप्टेनलाई तत्कालै विमानस्थल बाहिरबाट कुनै अपराधिक मानसिकता भएकाले लेजर लाइट हानेको हुन सक्ने विफ्रिङ्ग गर्दै उनले विमानलाई ओभरसुट वा गो-अराउन्ड (दायाँबाया मोड्ने कार्य) गराएनन् ।

१६ सय मिटर हाराहारी उचाईबाट बिस्तारै डिसेन्ड (झर्दै गरेको) विमान हात्तिवन, इमाडोल कटाउदै जडीबुटी तर्फ आयो। लेजरलाइट ककपिटमा परीनै रह्यो। स्रोतका अनुसार त्यो लेजरलाइटले करिब ४० सेकेन्डसम्म ककपिटमा पाइलटलाई हानि पुर्‍यायो । जब विमान विमानस्थलको रेखाभित्र पस्यो अनि मात्रै लेजरलाइटको आक्रमण हट्यो ।

चालकदलले विमानलाई सेफ ल्याण्डिङ्ग गरीसकेपछि एयरट्राफिकलाई ग्राउण्डबाट खबर गरे। तत्काललै नेपाल वायु सेवा निगमका चालकदलले यस्तो गतिविधिले जहाज दुर्घटनामा पर्न सक्ने खतरा औल्याउदै तत्कालै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिखित उजुरी हाले। यतिले मात्रै नपुगेर सोमबार पनि निगमकातर्फबाट घटनाबारे विस्तृत प्रतिवेदन पनि प्राधिकरणलाई दिइएको छ।

उक्त प्रतिवेदनले विमानस्थल नजिक हुँदै गर्दा उचाईबाट ओर्लिदै गरेको विमानमा यसरी लेजर लाइटको आक्रमण भए ठूलो दुर्घटना हुन सक्ने जनाउदै कडाईका साथ नियमन गर्न भनेको छ। स्रोतका अनुसार, विदेशमा यस्तो आक्रमणमा पर्ने विमानले लेजरको फोटो लिई जिपिएसका आधारमा लेजर हानिएको स्थान पहिचान गर्दै कडा कारवाही हुन्छ। नेपालमा भने यस्तो प्रविधि छैन। कडा लेजर लाइट परे चालकदलले अवतरण गर्न नसक्ने वा दुर्घटनामै पर्न सक्ने खतरा हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने आगामी बजेट : ‘जनताको अपेक्षाअनुसार विकास गर्न सकेनौँ, सांसद विकास कोष चाहिन्छ’ मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट बसको ठक्करबाट एक वृद्धाको मृत्यु रास्वपाले संसदीय दलको बैठक बोलायो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता पाथीभरा क्षेत्र विकास समिति सम्मानित नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि… ‘जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ’ सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन प्रधानमन्त्रसँग भारतीय विद्युत्मन्त्रीको भेट तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरियो