भदौ ८, काठमाडौँ | सबैतिरबाट एकैचोटी ‘साफ’ भएपछि, नटरवाल दीपक पाठक सहप्राध्यापकी पत्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, काठमाडौँ | सबैतिरबाट एकैचोटी ‘साफ’ भएपछि, नटरवाल दीपक पाठक सहप्राध्यापकी पत्न"/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

केपी ओलीका मान्छे अर्काकी श्रीमती टिपेर कुलेलाम

२०७३, ८ भाद्र बुधबार ०२:५३

भदौ ८, काठमाडौँ | सबैतिरबाट एकैचोटी ‘साफ’ भएपछि, नटरवाल दीपक पाठक सहप्राध्यापकी पत्नीसहित बेपत्ता भएका छन् । त्रिविमा अध्यापन गर्ने न्यौपाने थरका ती प्राध्यापक नटरवालले पत्नी उम्काएपछि सात वर्ष छोरो स्याहार्दाको हैरानीमा छन् । 

सासूले छोरी खोजी गरिपाऊँ भनी टेकुस्थित प्रहरी परिसरमा निवेदन पनि दिएकी छिन् । तर, भएजति नम्बर फ्याँकेर बेपत्ता भएका उनीहरु कहाँ छन् अहिलेसम्म पत्ता लागेको छैन् ।

उनीहरु साउन अन्तिम सातादेखि हराएका हुन् । हरिबोधनी एकादशीको बिहन न्यौपाने कीर्तिपुर पुगे । तर, फर्किएर घरमा आउँदा पत्नी थिइनन् ।

पत्नीको चाबहिल, चुच्चेपाटीमा कस्मेटिक पसल छ । त्यसदिन पसलमा भोटेताल्चा लगाएर बेपत्ता भइन् । न्यौपानेले पत्नी खोज्न ससुरालीमा फोन गरे । तर, त्यहाँ पनि फेला परिनन् ।

छोरी हराएपछि आमाले ज्योतीषलाई देखाइन् । ज्योतीषले परपुरुषसँग हिँडेको भनेपछि उनले प्रहरीकहाँ खोजतलास जाहेरी दिइन् । सामाजिक प्रतिष्ठाका कारण नाम र वतन खोल्न चाहिनन् ।

पति काममा हिँड्नासाथ दीपक कस्मेटिक पसल पुग्थे । न्यौपानेलाई पहलिादेखि नै उनीहरुको सम्बन्धबारे शंका थियो ।

उता, चाबहिलतिरकै अर्की एक महिलाको आफ्नो पाँच लाख खाएर भागेको भन्दै पाठकको खोजी गरिरहेकी छन् । यसअघि आफ्नो चार लाख रुपैयाँ नतिरेपछि पत्रकार महासंघका केन्द्रीय सदस्य रामहरी सिलवालले पाठकको ९०९३ नम्बरको टोयटा गाडी तानेका थिए ।

पैसा तिरेर रामहरीबाट गाडी फिर्ता ल्याएका पाठक त्यसलगत्तै अर्काकी पत्नी भगाएर फरार भएका हुन् । केपी ओलीको जोडबडले प्रेस काउन्सिल सदस्य वैशाख १७ गते नियुक्त पाएका पाठकलाई सार्वोच्च अदालतले असार २८ मा पदबाट बर्खास्थ गरेको थियो भने अनधिकृत रुपमा भुक्तानी लिएको ५ लाख ७३ हजार तुरुन्त सरकारी कोषमा दाखिला गर्न अख्तियारले निजलाई कडा आदेश जारी गरेको छ ।

उनी अहिले अख्तियार र सूचना विभागको निम्तिसमेत राजकीय सम्पति दुरुपयोग गर्ने अभियुक्त हुन् । – जनआस्था साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने