भदौ ८, काठमाडौँ | सबैतिरबाट एकैचोटी ‘साफ’ भएपछि, नटरवाल दीपक पाठक सहप्राध्यापकी पत्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, काठमाडौँ | सबैतिरबाट एकैचोटी ‘साफ’ भएपछि, नटरवाल दीपक पाठक सहप्राध्यापकी पत्न"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

केपी ओलीका मान्छे अर्काकी श्रीमती टिपेर कुलेलाम

८ भाद्र २०७३, बुधबार ०२:५३

भदौ ८, काठमाडौँ | सबैतिरबाट एकैचोटी ‘साफ’ भएपछि, नटरवाल दीपक पाठक सहप्राध्यापकी पत्नीसहित बेपत्ता भएका छन् । त्रिविमा अध्यापन गर्ने न्यौपाने थरका ती प्राध्यापक नटरवालले पत्नी उम्काएपछि सात वर्ष छोरो स्याहार्दाको हैरानीमा छन् । 

सासूले छोरी खोजी गरिपाऊँ भनी टेकुस्थित प्रहरी परिसरमा निवेदन पनि दिएकी छिन् । तर, भएजति नम्बर फ्याँकेर बेपत्ता भएका उनीहरु कहाँ छन् अहिलेसम्म पत्ता लागेको छैन् ।

उनीहरु साउन अन्तिम सातादेखि हराएका हुन् । हरिबोधनी एकादशीको बिहन न्यौपाने कीर्तिपुर पुगे । तर, फर्किएर घरमा आउँदा पत्नी थिइनन् ।

पत्नीको चाबहिल, चुच्चेपाटीमा कस्मेटिक पसल छ । त्यसदिन पसलमा भोटेताल्चा लगाएर बेपत्ता भइन् । न्यौपानेले पत्नी खोज्न ससुरालीमा फोन गरे । तर, त्यहाँ पनि फेला परिनन् ।

छोरी हराएपछि आमाले ज्योतीषलाई देखाइन् । ज्योतीषले परपुरुषसँग हिँडेको भनेपछि उनले प्रहरीकहाँ खोजतलास जाहेरी दिइन् । सामाजिक प्रतिष्ठाका कारण नाम र वतन खोल्न चाहिनन् ।

पति काममा हिँड्नासाथ दीपक कस्मेटिक पसल पुग्थे । न्यौपानेलाई पहलिादेखि नै उनीहरुको सम्बन्धबारे शंका थियो ।

उता, चाबहिलतिरकै अर्की एक महिलाको आफ्नो पाँच लाख खाएर भागेको भन्दै पाठकको खोजी गरिरहेकी छन् । यसअघि आफ्नो चार लाख रुपैयाँ नतिरेपछि पत्रकार महासंघका केन्द्रीय सदस्य रामहरी सिलवालले पाठकको ९०९३ नम्बरको टोयटा गाडी तानेका थिए ।

पैसा तिरेर रामहरीबाट गाडी फिर्ता ल्याएका पाठक त्यसलगत्तै अर्काकी पत्नी भगाएर फरार भएका हुन् । केपी ओलीको जोडबडले प्रेस काउन्सिल सदस्य वैशाख १७ गते नियुक्त पाएका पाठकलाई सार्वोच्च अदालतले असार २८ मा पदबाट बर्खास्थ गरेको थियो भने अनधिकृत रुपमा भुक्तानी लिएको ५ लाख ७३ हजार तुरुन्त सरकारी कोषमा दाखिला गर्न अख्तियारले निजलाई कडा आदेश जारी गरेको छ ।

उनी अहिले अख्तियार र सूचना विभागको निम्तिसमेत राजकीय सम्पति दुरुपयोग गर्ने अभियुक्त हुन् । – जनआस्था साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…