भदौ ९, काठमाडौं | कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेपछि अरब मुलुकको अर्थतन्त्रमा परेको संकटको असर नेपालसम्म देखिन थालेको छ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौं | कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेपछि अरब मुलुकको अर्थतन्त्रमा परेको संकटको असर नेपालसम्म देखिन थालेको छ।"/>
२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी संकटको असर नेपालसम्मै, रोजगारीमा गएका नेपाली बिचल्लीमा

२०७३, ९ भाद्र बिहीबार ०१:२७

भदौ ९, काठमाडौं | कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेपछि अरब मुलुकको अर्थतन्त्रमा परेको संकटको असर नेपालसम्म देखिन थालेको छ।

ठूला कम्पनीले कामदार कटौती गर्न थालेपछि वैदेशिक रोजगारमा गएका नेपाली बिचल्लीमा परेका छन्। संकट गहिरिएपछि साउदी अरेबियाले विदेशी कामदार भित्र्याउन थप कडाइको घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

गत वर्ष नेपालबाट एक लाख ३८ हजार कामदार साउदी अरेबिया गएका थिए । यो संख्या नेपालबाट रोजगारीका लागि बिदेसिनेको एकतिहाइ भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए।

वर्षेनी बिदेसिनेको संख्या बढे पनि अरब मुलुकको संकटले कामदारलाई र त्यसले नेपालको गाउँसम्म असर पर्ने थापाको भनाइ छ । ‘तेलको मूल्य माथि गएन र आफ्नो वित्तीय नीतिमा उनीहरूले केही कडा कदम चाले भने त्यसको असर कामदारको तहमा आइपुग्छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले भने, ‘यसको प्रभाव हाम्रो गाउँ–गाउँसम्म पुग्नेछ ।’ अरब मुलुकको समस्याले रेमिट्यान्स पनि घट्न थालेको छ।

रेमिट्यान्स घट्दा नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा प्रभाव पर्छ । ‘रेमिट्यान्स घट्दा आश्रित परिवार सबैभन्दा धेरै प्रभावित हुनेछन्,’ आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘स्कुल, हस्पिटल, दैनिक उपभोगदेखि मुलुकको समग्र अर्थतन्त्रमा समेत यसको असर देखिनेछ।’

अमेरिकी राष्ट्रपतिको चुनावी परिणामले पनि तेल राजनीतिमा प्रभाव पार्ने भएकाले अहिलेको संकटको असर झनै लम्बिने वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले बताए । ‘कतारमा सन् ०२२ मा हुने विश्वकप, साउदी अरबको तेल र मलेसियाको निर्यात व्यापार कहिलेसम्म अस्थिर हुन्छ टुंगो छैन,’ गुरुङले भने, ‘यो समस्याले नेपालीको रोजगारी, रेमिट्यान्सले उठाएको जीवनस्तरलगायत सबैमा असर पर्ने देखिन्छ ।’ -  नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला