भदौ ९, काठमाडौं | कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेपछि अरब मुलुकको अर्थतन्त्रमा परेको संकटको असर नेपालसम्म देखिन थालेको छ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौं | कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेपछि अरब मुलुकको अर्थतन्त्रमा परेको संकटको असर नेपालसम्म देखिन थालेको छ।"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी संकटको असर नेपालसम्मै, रोजगारीमा गएका नेपाली बिचल्लीमा

९ भाद्र २०७३, बिहीबार ०१:२७

भदौ ९, काठमाडौं | कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेपछि अरब मुलुकको अर्थतन्त्रमा परेको संकटको असर नेपालसम्म देखिन थालेको छ।

ठूला कम्पनीले कामदार कटौती गर्न थालेपछि वैदेशिक रोजगारमा गएका नेपाली बिचल्लीमा परेका छन्। संकट गहिरिएपछि साउदी अरेबियाले विदेशी कामदार भित्र्याउन थप कडाइको घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

गत वर्ष नेपालबाट एक लाख ३८ हजार कामदार साउदी अरेबिया गएका थिए । यो संख्या नेपालबाट रोजगारीका लागि बिदेसिनेको एकतिहाइ भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए।

वर्षेनी बिदेसिनेको संख्या बढे पनि अरब मुलुकको संकटले कामदारलाई र त्यसले नेपालको गाउँसम्म असर पर्ने थापाको भनाइ छ । ‘तेलको मूल्य माथि गएन र आफ्नो वित्तीय नीतिमा उनीहरूले केही कडा कदम चाले भने त्यसको असर कामदारको तहमा आइपुग्छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले भने, ‘यसको प्रभाव हाम्रो गाउँ–गाउँसम्म पुग्नेछ ।’ अरब मुलुकको समस्याले रेमिट्यान्स पनि घट्न थालेको छ।

रेमिट्यान्स घट्दा नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा प्रभाव पर्छ । ‘रेमिट्यान्स घट्दा आश्रित परिवार सबैभन्दा धेरै प्रभावित हुनेछन्,’ आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘स्कुल, हस्पिटल, दैनिक उपभोगदेखि मुलुकको समग्र अर्थतन्त्रमा समेत यसको असर देखिनेछ।’

अमेरिकी राष्ट्रपतिको चुनावी परिणामले पनि तेल राजनीतिमा प्रभाव पार्ने भएकाले अहिलेको संकटको असर झनै लम्बिने वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले बताए । ‘कतारमा सन् ०२२ मा हुने विश्वकप, साउदी अरबको तेल र मलेसियाको निर्यात व्यापार कहिलेसम्म अस्थिर हुन्छ टुंगो छैन,’ गुरुङले भने, ‘यो समस्याले नेपालीको रोजगारी, रेमिट्यान्सले उठाएको जीवनस्तरलगायत सबैमा असर पर्ने देखिन्छ ।’ -  नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…