भदौ १०, काठमाडौं | सरकारी कोटामा विभिन्न देशमा अध्ययन गर्न गई उतै बेपत्ता भएका सयौँ कर्मचारीमध्ये २३ जनामाथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौं | सरकारी कोटामा विभिन्न देशमा अध्ययन गर्न गई उतै बेपत्ता भएका सयौँ कर्मचारीमध्ये २३ जनामाथ"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

अध्ययन गर्न जाँदा विदेशमै लुकेका सयौं कर्मचारी सरकारको फन्दामा पर्दै

१० भाद्र २०७३, शुक्रबार ०२:२३

भदौ १०, काठमाडौं | सरकारी कोटामा विभिन्न देशमा अध्ययन गर्न गई उतै बेपत्ता भएका सयौँ कर्मचारीमध्ये २३ जनामाथि कारबाही प्रक्रिया सुरु भएको छ। सामान्य प्रशासन मन्त्रालयको सर्च टोलीले झन्डै ६ महिनाको गृहकार्यपछि अहिलेसम्म भगौडा २३ जना कर्मचारीको विवरण पत्ता लगाएको खबर छ।

विदेशमै बेपत्ता हुने कर्मचारीमाथि निजामती सेवा ऐनअनुसार बर्खास्त गर्ने र हालसम्म सरकारबाट लिएको रकम असुलउपर गर्ने गरी कारबाही प्रक्रिया थालिएको हो । सरकारी कोटाबाट अध्ययन बिदामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, मलेसिया, बेलायतलगायतका देशमा गएका कर्मचारी उतै बेपत्ता भएका हुन्।

विभिन्न मन्त्रालयमातहत रहेर विदेश गएका अन्य कर्मचारीबारे खोजी क्रम जारी रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झन्डै ८३ हजार कर्मचारीमध्ये पाँच सयदेखि हजारभन्दा बढी कर्मचारी निजामती सेवा ऐन र नियमावलीलाई चुनौती दिँदै विदेशमै लुकेका हुन् ।

सामान्यले विदेशमा पढाइ सकेपछि स्वदेशमै आएर काम गर्ने कबुलियत गरेर विभिन्न देश गएका कर्मचारी उतै बेपत्ता हुने क्रम बढेपछि उनीहरूबारे खोजी गर्न विभिन्न सर्च टोली बनाएको थियो । विदेश लुक्ने कर्मचारीको संख्या ठूलो भए पनि विभिन्न मन्त्रालयले कर्मचारीको विवरण नै लुकाउने गरेकाले खोजी गर्न कठिन भइरहेको सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

सरकारी सुविधामा वर्षौँसम्म विदेश अध्ययन गर्न गएकाहरू हराउने प्रवृत्ति बढेपछि सरकारले त्यस्ता कर्मचारीको खोजतलास थालेको हो । तर, सरकारी खोलतलास अभियान खासै प्रभावकारी बन्न सकेको छैन । सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्माले विदेशमा बेपत्ता भएका कर्मचारीको खोजतलास गरी कारबाही प्रक्रियालाई अब तीव्र पारिने जानकारी दिए ।

फर्केर राष्ट्रको सेवा गर्ने कबुलियत गरेर सरकारकै कोटामा विदेश जाने, तर उतै बेपत्ता हुने कर्मचारीलाई भविष्यमा सरकारी नोकरीबाट अयोग्य नहुने गरी बर्खास्त गर्ने प्रक्रिया थालिएको सचिव शर्माले जानकारी दिए । आफ्नो मन्त्रालयमातहतका त्यस्ता कर्मचारीलाई कारबाही गर्ने जिम्मेवारी मन्त्रालयको नेतृत्वको भएकाले त्यसका लागि परिपत्र गरिएको उनको भनाइ छ। - नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…