भदौ १०, काठमाडौं | साउन १९ गते प्रधानमन्त्री चयन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौं | साउन १९ गते प्रधानमन्त्री चयन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० "/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

हरेक दिन एउटा निर्देशन दिन्छन् प्रधानमन्त्री दाहाल

१० भाद्र २०७३, शुक्रबार ०२:३०

भदौ १०, काठमाडौं | साउन १९ गते प्रधानमन्त्री चयन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरे ।

सोही दिन उनले दुई उपप्रधानमन्त्री तथा तीन मन्त्रीलाई पनि पद तथा गोपनियताको सपथ गराए । दाहालको दुई दिन बधाइ लिने तथा भेटघाट र छलफलमा बित्यो ।

त्यसपछि भने प्रधानमन्त्री प्रचणडले दिनहुँ विभिन्न निकायमा निर्देशन दिने काम निरन्तर जारी राखेका छन् । उनले कहिले बैठक गरेर त कहिले सार्वजनिक ठाउँबाट र कहिले एउटा त कहिले दुईभन्दा बढी निर्देशन दिने गरेका छन् ।

प्रधानमन्त्रीको सपथ लिएको तेस्रो दिन २३ साउनमा दाहालले नेपाल सरकारका सचिवहरुलाई तीन दिनभित्र परिणामुखी योजना पेश गर्न निर्देशन दिए ।

प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नेपाल टेलिकमको रिचार्जमा समस्या देखिएको थियो । प्रधानमन्त्री दाहालले २३ साउनमा सचिवहरुसँगको बैठकमा टेलिकमको समस्या समाधान गर्नसमेत निर्देशन दिएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई विवादित हुने गरी काम नगर्न निर्देशन दिएका छन् । आफू र पार्टीले बनाएको सरकार सञ्चालन सहयोग समितिको समन्वयमा मात्र काम गर्न पनि उनको निर्देशन छ ।

माओवादी केन्द्रले बनाएको सरकार सञ्चालन सहयोग समिति, पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीको बिहीबार बालुवाटारमा बसेको संयुक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रभावकारी काम गरेर देखाउन निर्देशन दिएका हुन् । छोटो अवधिमा धेरै काम गर्नुपर्ने जोखिम र चुनौतीपूर्ण अवस्थामा सरकार रहेको उनको भनाइ छ । – राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…