भदौ ११, काठमाडौं | विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, काठमाडौं | विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करि"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

विशिष्टलाई स्वदेशको विशिष्ट उपचार चल्दैन

११ भाद्र २०७३, शनिबार ०२:०१

भदौ ११, काठमाडौं | विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार गर्‍यो।

विशिष्ट व्यक्ति पद र सरकारी कोषको दुरूपयोग गरेर साधारण र सामान्य उपचारका लागि पनि विदेश गएको भन्दै सर्वसाधरण र सञ्चार माध्यमले आलोचना गरेपछि अस्पतालका विशिष्ट कक्ष मर्मतसम्भार गरिएको थियो।

अस्पतालले आफ्ना अति विशिष्ट क्याबिन मर्मतसम्भार त गर्‍यो। तर, मर्मतसम्भार गरेपछि एक जना पनि विशिष्ट व्यक्ति उपचारका लागि दुई वर्षयता वीर अस्पताल नपुगेको खबर आजको नागरिक दैनिकमा छापिएको छ।

विगतमा राजपरिवारका सदस्यहरुले समेत प्रयोग गरिएका आधुनिक र उच्च प्रविधियुक्त बिलासी क्याबिनहरू दुई वर्षदेखि बन्द छन्। दुई वर्षदेखि प्रयोग विहिन छन् तिनमा माकुराको जालो धुलो थुप्रिएको छ।

त्यसैगरी शिक्षण अस्पतालले सरकारको अनुरोधमा विशिष्ट व्यक्तिहरूकै उपचारका लागि भनेर डिलक्स क्याबिन बनायो। तर कुनै पनि विशिष्ट व्यक्ति त्यहाँ उपचार गराउन गएनन्।

लाखौ खर्च गरेर डिलक्स क्याबिन बनाएपछि विशिष्ट व्यक्ति स्वदेशमा स्वास्थ्थय परीक्षण र उपचार गराउँदैन। यही क्रममा निरन्तरता दिँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गए। उनलाई पछ्याउँदै अर्का विशिष्ट व्यक्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार त्यही निहुँमा सिंगापुर गए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…