भदौ ११, काठमाडौं | विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, काठमाडौं | विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करि"/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

विशिष्टलाई स्वदेशको विशिष्ट उपचार चल्दैन

२०७३, ११ भाद्र शनिबार ०२:०१

भदौ ११, काठमाडौं | विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार गर्‍यो।

विशिष्ट व्यक्ति पद र सरकारी कोषको दुरूपयोग गरेर साधारण र सामान्य उपचारका लागि पनि विदेश गएको भन्दै सर्वसाधरण र सञ्चार माध्यमले आलोचना गरेपछि अस्पतालका विशिष्ट कक्ष मर्मतसम्भार गरिएको थियो।

अस्पतालले आफ्ना अति विशिष्ट क्याबिन मर्मतसम्भार त गर्‍यो। तर, मर्मतसम्भार गरेपछि एक जना पनि विशिष्ट व्यक्ति उपचारका लागि दुई वर्षयता वीर अस्पताल नपुगेको खबर आजको नागरिक दैनिकमा छापिएको छ।

विगतमा राजपरिवारका सदस्यहरुले समेत प्रयोग गरिएका आधुनिक र उच्च प्रविधियुक्त बिलासी क्याबिनहरू दुई वर्षदेखि बन्द छन्। दुई वर्षदेखि प्रयोग विहिन छन् तिनमा माकुराको जालो धुलो थुप्रिएको छ।

त्यसैगरी शिक्षण अस्पतालले सरकारको अनुरोधमा विशिष्ट व्यक्तिहरूकै उपचारका लागि भनेर डिलक्स क्याबिन बनायो। तर कुनै पनि विशिष्ट व्यक्ति त्यहाँ उपचार गराउन गएनन्।

लाखौ खर्च गरेर डिलक्स क्याबिन बनाएपछि विशिष्ट व्यक्ति स्वदेशमा स्वास्थ्थय परीक्षण र उपचार गराउँदैन। यही क्रममा निरन्तरता दिँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गए। उनलाई पछ्याउँदै अर्का विशिष्ट व्यक्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार त्यही निहुँमा सिंगापुर गए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने