२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज साँझमा अन्तरिक्षमा हुत्तिरहेको रकेटको प्रयोगहीन अंश चन्द्रमामा ठोक्किने वैज्ञानिकहरूको अनुमान

२० फाल्गुन २०७८, शुक्रबार ०९:११

फागुन २०, काठमाडौँ । अन्तरिक्षमा ९,३३५ किलोमिटर प्रतिघण्टाको गतिमा हुत्तिरहेको एउटा रकेटको प्रयोगहीन अंश शुक्रवार जीएमटी १२:२५ बजे (नेपाली समयानुसार साँझ ६:२५ बजे) चन्द्रमामा ठोक्किने अनुमान गरिएको छ। उक्त अंश तीन टन तौलको छ।

वैज्ञानिकहरूले सुरुमा यो अंश इलोन मस्कको अन्तरिक्षयानको भएको र पछि चिनियाँ अन्तरिक्षयानको भएको बताएका थिए। चीनले यो कुरा अस्वीकार गरेको छ।

वैज्ञानिकहरूले यसको टक्करबाट बन्ने १० देखि २० मिटरको खाडल र त्यसबाट उड्ने धुलोको अध्ययन गर्ने आशा गरेका छन्।

अन्तरिक्षयानको यो अंश सन् २०१५ को मार्चमा देखिएको थियो। यो अन्तरिक्षको फोहोर भनिने अन्तरिक्षयानका काम नलाग्ने छोडिएका पार्टपुर्जा हो। तीमध्ये केही पृथ्वीनजिकै छन् भने केही हजारौँ किलोमिटर टाढा छन्।

युरोपेली अन्तरिक्ष एजेन्सीले अन्तरिक्षमा १० सेन्टिमिटरभन्दा ठूला ३६,५०० वटा यस्ता पार्टपुर्जा रहेको अनुमान गरेको छ।

अन्तरिक्ष फोहोरको निगरानी गर्ने कुनै निकाय वा कार्यक्रम छैन किनभने यो असाध्यै महँगो हुन्छ र यसबाट मानवलाई हानि हुने सम्भावना एकदमै न्यून हुन्छ। त्यसैले केही स्वयंसेवकहरूले आफ्नो खाली समयमा यस्ता फोहोरको निगरानी गर्छन्।

सन् २०१५ मा पहिलो पटक देखिएको छ सातापछि ६३ वर्षीय पिटर बर्ट्‌विशलले इङ्ग्ल्यान्डबाट यसलाई देखे। यस्ता अंशहरू केही समयपछि देखिन छोड्छन्। तर सात वर्षपछि गत ज्यानुअरीमा त्यो फेरि देखा परेको थियो।

"पृथ्वीनजिकै रहेको बेला मैले केही तस्बिर खिचेँ," उनले बताए।

उनले अमेरिकाका वैज्ञानिक बिल ग्रेलाई ती तस्बिर पठाए। ग्रेले त्यो स्पेस-एक्सको अंश भएको बताए।

मस्कको अन्तरिक्ष कार्यक्रमअन्तर्गतको यानको अंश चन्द्रमामा ठोक्किन लागेको समाचार विश्वभरि फैलियो।

तर पछि उनले यसको गति र मार्गको हिसाब गर्दा यो स्पेसएक्सको हुन नसक्ने देखियो र उनले यो सन् २०१४ मा प्रक्षेपण गरिएको चिनियाँ यानको हुनसक्ने बताए।

चीनले सो यानको अंश पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको र जलेको बताउँदै यो कुरा अस्वीकार गरेको छ।

तर ग्रे भने आफ्नो अनुमानमा अडिग छन्। "म ९९.९ प्रतिशत निश्चित छु कि यो चिनियाँ ५-टी १ को अंश हो," उनी भन्छन्।

चन्द्रमामा यो ठोक्किएको पक्का गर्न केही दिन वा साता लाग्न सक्छ किनभने चन्द्रमा वरपर घुमिरहेका भू-उपग्रहले खाडलको तस्बिर पृथ्वीमा पठाएपछि मात्रै त्यो थाहा हुन्छ। बिबिसीबाट


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…