२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज साँझमा अन्तरिक्षमा हुत्तिरहेको रकेटको प्रयोगहीन अंश चन्द्रमामा ठोक्किने वैज्ञानिकहरूको अनुमान

२०७८, २० फाल्गुन शुक्रबार ०९:११

फागुन २०, काठमाडौँ । अन्तरिक्षमा ९,३३५ किलोमिटर प्रतिघण्टाको गतिमा हुत्तिरहेको एउटा रकेटको प्रयोगहीन अंश शुक्रवार जीएमटी १२:२५ बजे (नेपाली समयानुसार साँझ ६:२५ बजे) चन्द्रमामा ठोक्किने अनुमान गरिएको छ। उक्त अंश तीन टन तौलको छ।

वैज्ञानिकहरूले सुरुमा यो अंश इलोन मस्कको अन्तरिक्षयानको भएको र पछि चिनियाँ अन्तरिक्षयानको भएको बताएका थिए। चीनले यो कुरा अस्वीकार गरेको छ।

वैज्ञानिकहरूले यसको टक्करबाट बन्ने १० देखि २० मिटरको खाडल र त्यसबाट उड्ने धुलोको अध्ययन गर्ने आशा गरेका छन्।

अन्तरिक्षयानको यो अंश सन् २०१५ को मार्चमा देखिएको थियो। यो अन्तरिक्षको फोहोर भनिने अन्तरिक्षयानका काम नलाग्ने छोडिएका पार्टपुर्जा हो। तीमध्ये केही पृथ्वीनजिकै छन् भने केही हजारौँ किलोमिटर टाढा छन्।

युरोपेली अन्तरिक्ष एजेन्सीले अन्तरिक्षमा १० सेन्टिमिटरभन्दा ठूला ३६,५०० वटा यस्ता पार्टपुर्जा रहेको अनुमान गरेको छ।

अन्तरिक्ष फोहोरको निगरानी गर्ने कुनै निकाय वा कार्यक्रम छैन किनभने यो असाध्यै महँगो हुन्छ र यसबाट मानवलाई हानि हुने सम्भावना एकदमै न्यून हुन्छ। त्यसैले केही स्वयंसेवकहरूले आफ्नो खाली समयमा यस्ता फोहोरको निगरानी गर्छन्।

सन् २०१५ मा पहिलो पटक देखिएको छ सातापछि ६३ वर्षीय पिटर बर्ट्‌विशलले इङ्ग्ल्यान्डबाट यसलाई देखे। यस्ता अंशहरू केही समयपछि देखिन छोड्छन्। तर सात वर्षपछि गत ज्यानुअरीमा त्यो फेरि देखा परेको थियो।

"पृथ्वीनजिकै रहेको बेला मैले केही तस्बिर खिचेँ," उनले बताए।

उनले अमेरिकाका वैज्ञानिक बिल ग्रेलाई ती तस्बिर पठाए। ग्रेले त्यो स्पेस-एक्सको अंश भएको बताए।

मस्कको अन्तरिक्ष कार्यक्रमअन्तर्गतको यानको अंश चन्द्रमामा ठोक्किन लागेको समाचार विश्वभरि फैलियो।

तर पछि उनले यसको गति र मार्गको हिसाब गर्दा यो स्पेसएक्सको हुन नसक्ने देखियो र उनले यो सन् २०१४ मा प्रक्षेपण गरिएको चिनियाँ यानको हुनसक्ने बताए।

चीनले सो यानको अंश पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको र जलेको बताउँदै यो कुरा अस्वीकार गरेको छ।

तर ग्रे भने आफ्नो अनुमानमा अडिग छन्। "म ९९.९ प्रतिशत निश्चित छु कि यो चिनियाँ ५-टी १ को अंश हो," उनी भन्छन्।

चन्द्रमामा यो ठोक्किएको पक्का गर्न केही दिन वा साता लाग्न सक्छ किनभने चन्द्रमा वरपर घुमिरहेका भू-उपग्रहले खाडलको तस्बिर पृथ्वीमा पठाएपछि मात्रै त्यो थाहा हुन्छ। बिबिसीबाट


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै