भदौ १३, काठमाडौं | सशस्त्र क्रान्तिको तयारीमा रहेको भनिएको विप्लव नेतृत्वको माओवादीमा विवादका रेखा कोरिन थालेको खब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, काठमाडौं | सशस्त्र क्रान्तिको तयारीमा रहेको भनिएको विप्लव नेतृत्वको माओवादीमा विवादका रेखा कोरिन थालेको खब"/>
२०८२, ४ फाल्गुन सोमबार
काठमाडौँ - KTM

विप्लव माओवादीमा भाडभैलो मच्चियो

२०७३, १३ भाद्र सोमबार ०२:२५

भदौ १३, काठमाडौं | सशस्त्र क्रान्तिको तयारीमा रहेको भनिएको विप्लव नेतृत्वको माओवादीमा विवादका रेखा कोरिन थालेको खबर प्रकाशमा आइरहेका बेला माउ पार्टीकै रोगले विद्यार्थी संगठन पनि ग्रस्त हुन पुगेको खबर छ । विप्लव नेतृत्वको पार्टीको विद्यार्थी संगठन हाँकिरहेका अध्यक्ष पूर्णबहादुर सिंहले सिनियरहरुलाई पन्छाएर जुनियरहरुलाई केन्द्रीय सदस्य जस्ता जिम्मेवारीमा लगेपछि संगठनमा भाँडभैलो नै मच्चिएको छ ।

सिंहको यस्तो कार्यशैलीपछि त्याग, लगानी र योगदान पुर्याएका विद्यार्थीहरु आगो बन्न पुगेका छन् । सिंहले संगठनमा मनपरी गर्न थालेपछि विद्यार्थीहरुले उनीमाथि संगठन प्राइभेट लिमिटेड जस्तो गरी सञ्चालन गरेको भन्दै पार्टी अध्यक्ष विप्लव समेत गुहारेको थाहा भएको छ ।

प्राप्त समाचार अनुसार, संगठनर्लाइ चुस्त–दुरुस्त र कामयावी बनाउने भन्दा पनि ठूला नेताको चाकरी गर्ने अस्त्रका रुपमा सिंहले उपयोग गर्न थालेको गुनासो विद्यार्थी संगठनका नेताहरुले गर्न थालेका छन् । सिंहले चाकरीकै लागि संगठनमा खासै लगानी र योगदान नदिएकाहरुलाई समेत टपक्कै टिपेर स्थान दिएका छन् ।

चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका विप्लवका छोरा प्रकाश चन्दलाई उनले केन्द्रीय सदस्य बनाएका छन् । उनले विप्लव खुसी पार्न संगठनमा खासै सक्रिय र योगदान नदिएका प्रकाशलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको गाइगुँइ विप्लवका विद्यार्थी बीच चलेको छ ।

सिंहले सिनियरहरुलाई पन्छाउँदै विप्लवकै भतिज दिनेशविक्रम चन्दलाई पनि केन्द्रीय सदस्य पद दिएका छन् । उनी महेन्द्ररत्न कलेजमा अध्ययनरत छन् । यसरी चन्दका छोरा र भतिजलाई विना लगानी र योगदान केन्द्रीय सदस्य पद दिएपछि मूल्य र निष्ठाको राजनीतिक गर्दै संगठनमा गोलबद्ध भएका विद्यार्थीहरु रनभुल्लमा पर्न थालेका छन् ।

उता, प्रकाण्डका छोरा नरेन्द्र विकलाई पनि अन्य पदाधिकारीहरुको असहमतिकै बीच टपक्क टिपेर केन्द्रीय सदस्य बनाइएपछि विद्यार्थीहरुले कमल थापा र हाम्रो पार्टीमा के फरक भयो भन्दै प्रश्न उज्याउन थालेका छन् । उदेक लाग्दो कुरा त के छ भने ललितपुर जिल्लाका सचिव र सहसचिवर्लाइ केन्द्रीय सदस्य नबनाई सिंहले कोषाध्यक्ष बनाएका छन् । यसले विप्लव विद्यार्थीमा सल्किएको विवादको आगो थप दन्किन पुगेको बुझिएको छ ।

स्रोतका अनुसार, विप्लवलाई खुसी पार्न सिंहले यस्तो जुक्ति रचे पनि क्रान्तिकारी छविका उनले चाकरी नरुचाएको बताइन्छ । – साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की