भदौ १३, काठमाडौं | सशस्त्र क्रान्तिको तयारीमा रहेको भनिएको विप्लव नेतृत्वको माओवादीमा विवादका रेखा कोरिन थालेको खब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, काठमाडौं | सशस्त्र क्रान्तिको तयारीमा रहेको भनिएको विप्लव नेतृत्वको माओवादीमा विवादका रेखा कोरिन थालेको खब"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

विप्लव माओवादीमा भाडभैलो मच्चियो

१३ भाद्र २०७३, सोमबार ०२:२५

भदौ १३, काठमाडौं | सशस्त्र क्रान्तिको तयारीमा रहेको भनिएको विप्लव नेतृत्वको माओवादीमा विवादका रेखा कोरिन थालेको खबर प्रकाशमा आइरहेका बेला माउ पार्टीकै रोगले विद्यार्थी संगठन पनि ग्रस्त हुन पुगेको खबर छ । विप्लव नेतृत्वको पार्टीको विद्यार्थी संगठन हाँकिरहेका अध्यक्ष पूर्णबहादुर सिंहले सिनियरहरुलाई पन्छाएर जुनियरहरुलाई केन्द्रीय सदस्य जस्ता जिम्मेवारीमा लगेपछि संगठनमा भाँडभैलो नै मच्चिएको छ ।

सिंहको यस्तो कार्यशैलीपछि त्याग, लगानी र योगदान पुर्याएका विद्यार्थीहरु आगो बन्न पुगेका छन् । सिंहले संगठनमा मनपरी गर्न थालेपछि विद्यार्थीहरुले उनीमाथि संगठन प्राइभेट लिमिटेड जस्तो गरी सञ्चालन गरेको भन्दै पार्टी अध्यक्ष विप्लव समेत गुहारेको थाहा भएको छ ।

प्राप्त समाचार अनुसार, संगठनर्लाइ चुस्त–दुरुस्त र कामयावी बनाउने भन्दा पनि ठूला नेताको चाकरी गर्ने अस्त्रका रुपमा सिंहले उपयोग गर्न थालेको गुनासो विद्यार्थी संगठनका नेताहरुले गर्न थालेका छन् । सिंहले चाकरीकै लागि संगठनमा खासै लगानी र योगदान नदिएकाहरुलाई समेत टपक्कै टिपेर स्थान दिएका छन् ।

चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका विप्लवका छोरा प्रकाश चन्दलाई उनले केन्द्रीय सदस्य बनाएका छन् । उनले विप्लव खुसी पार्न संगठनमा खासै सक्रिय र योगदान नदिएका प्रकाशलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको गाइगुँइ विप्लवका विद्यार्थी बीच चलेको छ ।

सिंहले सिनियरहरुलाई पन्छाउँदै विप्लवकै भतिज दिनेशविक्रम चन्दलाई पनि केन्द्रीय सदस्य पद दिएका छन् । उनी महेन्द्ररत्न कलेजमा अध्ययनरत छन् । यसरी चन्दका छोरा र भतिजलाई विना लगानी र योगदान केन्द्रीय सदस्य पद दिएपछि मूल्य र निष्ठाको राजनीतिक गर्दै संगठनमा गोलबद्ध भएका विद्यार्थीहरु रनभुल्लमा पर्न थालेका छन् ।

उता, प्रकाण्डका छोरा नरेन्द्र विकलाई पनि अन्य पदाधिकारीहरुको असहमतिकै बीच टपक्क टिपेर केन्द्रीय सदस्य बनाइएपछि विद्यार्थीहरुले कमल थापा र हाम्रो पार्टीमा के फरक भयो भन्दै प्रश्न उज्याउन थालेका छन् । उदेक लाग्दो कुरा त के छ भने ललितपुर जिल्लाका सचिव र सहसचिवर्लाइ केन्द्रीय सदस्य नबनाई सिंहले कोषाध्यक्ष बनाएका छन् । यसले विप्लव विद्यार्थीमा सल्किएको विवादको आगो थप दन्किन पुगेको बुझिएको छ ।

स्रोतका अनुसार, विप्लवलाई खुसी पार्न सिंहले यस्तो जुक्ति रचे पनि क्रान्तिकारी छविका उनले चाकरी नरुचाएको बताइन्छ । – साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट