२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुक बाहिर जाने प्रत्येक यात्रुबाट १५ सय उठाइने

२०७८, ७ चैत्र सोमबार ०६:०५

चैत ७, काठमाडौँ । चैत ७, काठमाडौँ ।सरकारले विमानस्थलको दस्तुर नियमावली क्याबिनेट बैठकबाट पास गरेको छ । हालसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुक बाहिर जाने प्रत्येक यात्रुबाट एक हजार रुपैयाँ लिने व्यवस्था छ । केही समय अघिसम्म विमानस्थलमै त्यस्तो कर तिर्नुपर्ने व्यवस्था थियो भने पछि टिकटमार्फत् उक्त रकम उठाउन थालियो ।

त्यही एक हजारलाई अब भने १५ सय रुपैयाँ बनाइएको छ । यसो गर्दा बार्षिक सरकारलाई १५ अर्ब नाफा हुन्छ । हालसम्म काठमाडौंमा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । पहिले एउटा विमानस्थललाई लक्षित गर्दै त्यहिबमोजिम दस्तुर नियमावली बनाइएको थियो । अब छिट्टै भैरहवा र पोखरा विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडानको तयारी गरिएकाले उक्त नियमावलीको विद्यमान व्यवस्थामा संशोधन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ ।

यसैबीच पोखराको क्षेत्रीय विमानस्थल आगामी शुक्रबार नेपाल भ्रमणमा आउने चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका पर्यटन मन्त्री प्रेमबहादुर आलेले संयुक्त रुपमा सफ्ट ओपनिङ्ग गर्ने तयारी छ । उता भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमाको दिनदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको पर्यटन मन्त्रालयको उच्च स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन