२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुक बाहिर जाने प्रत्येक यात्रुबाट १५ सय उठाइने

७ चैत्र २०७८, सोमबार ०६:०५

चैत ७, काठमाडौँ । चैत ७, काठमाडौँ ।सरकारले विमानस्थलको दस्तुर नियमावली क्याबिनेट बैठकबाट पास गरेको छ । हालसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुक बाहिर जाने प्रत्येक यात्रुबाट एक हजार रुपैयाँ लिने व्यवस्था छ । केही समय अघिसम्म विमानस्थलमै त्यस्तो कर तिर्नुपर्ने व्यवस्था थियो भने पछि टिकटमार्फत् उक्त रकम उठाउन थालियो ।

त्यही एक हजारलाई अब भने १५ सय रुपैयाँ बनाइएको छ । यसो गर्दा बार्षिक सरकारलाई १५ अर्ब नाफा हुन्छ । हालसम्म काठमाडौंमा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । पहिले एउटा विमानस्थललाई लक्षित गर्दै त्यहिबमोजिम दस्तुर नियमावली बनाइएको थियो । अब छिट्टै भैरहवा र पोखरा विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडानको तयारी गरिएकाले उक्त नियमावलीको विद्यमान व्यवस्थामा संशोधन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ ।

यसैबीच पोखराको क्षेत्रीय विमानस्थल आगामी शुक्रबार नेपाल भ्रमणमा आउने चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका पर्यटन मन्त्री प्रेमबहादुर आलेले संयुक्त रुपमा सफ्ट ओपनिङ्ग गर्ने तयारी छ । उता भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमाको दिनदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको पर्यटन मन्त्रालयको उच्च स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ