२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेट्रोलियम पदार्थको मूल्यवृद्धि जारी राखे आन्दोलनमा जाने विद्यार्थी संगठनको चेतावनी

२७ चैत्र २०७८, आईतवार १५:१३

चैत्र २७, काठमाडौँ | देशका प्रमुख विद्यार्थी संघ सङ्गठनहरूले अन्तर्राष्ट्रिय बजारको कारण देखाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि जारी राखे निर्णायक सङ्घर्षमा जान बाध्य हुने चेतावनी दिएको छ । विद्यार्थी सङ्गठनहरूको आइतबार सम्पन्न संयुक्त बैठकले पटक पटक र बेलगाम रूपमा भइरहेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको सन्दर्भमा सरकारको ध्यानाकर्षण गर्न गराएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सृजित महँगी र यातायात एवम् माल बस्तुको ढुवानीमा हुने महँगी अनियन्त्रित हुँदै जाँदा  गरिब, किसान, विद्यार्थी मजदुर लगायत आम जनसमुदायमा जनजीवन धान्नै नसक्ने गरी कष्टकर बन्नु अघि नै समाधान निकाल्न तथा विद्युत् लगायत वैकल्पिक ऊर्जा प्रयोगमा जोड दिन उनीहरूले माग गरेका छन् ।

त्यस्तै आर्थिक सङ्कट र रकम अभावको निमित्त कारण देखाएर शिक्षामा घट्दै गएको बजेट आफूहरूलाई हामीलाई कदापि मान्य नहुने उनीहरूको भनाइ छ । आउने बजेटमा शिक्षा  एवं विज्ञान प्रविधि जस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न विद्यार्थी सङ्गठनहरुले सरकारसँग माग गरेको छ । यसको साथै निकट रहेको स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरू बनाउँदा युवालाई प्राथमिकतामा राख्न गठबन्धन सम्बद्ध दलहरूलाई  संयुक्त विद्यार्थी सङ्गठनले अपिलसमेत गरेको छ । बैठकमा ने.वि.संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी यूनियन, अखिल (क्रान्तिकारी) र अखिल छैटौँ रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ