९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ–सिसडोल विवाद किन बल्झिरहन्छ ? वैकल्पिक बाटोबारे अझै निर्णय भएन :-

२८ चैत्र २०७८, सोमबार ०५:४१

चैत्र २८, काठमाडौँ | फोहोर व्यवस्थापनमा बारम्बार बल्झिरहने काठमाडौँ–सिसडोल विवाद यसपटक पनि लामै समयदेखि चलेको छ । फागुन पहिलो सातादेखि नै चलेको काठमाडौँ–सिसडोल विवाद हालसम्म पनि समाधान हुन नसक्दा काठमाडौँ उपत्यकाबाट फोहोर उठ्न सकेको छैन । जसकारण यतिखेर संघीय राजधानी काठमाडौँ उपत्यका नै दुर्गन्धित बनेको छ ।

यसपटक मुड्खु–तीनपिप्लेवासीले फोहोर ढुवानीको मुख्य नाका काठमाडौँ बाइपासदेखि तीनपिप्लेसम्मको करिब ८ किलोमिटर सडक खण्ड पीच (कालोपत्रे) हुनुपर्ने माग राख्दै फोहोर ढुवानीमा अवरोध गरेका हुन् । सिसडोलसम्म पुग्ने सडक नै अवरुद्ध भएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या निम्तिएको हो । पासाङ ल्हामु राजमार्ग अन्तर्गतको सो सडक खण्डको पीच नभएसम्म अवरोध जारी राख्ने स्थानीयवासीले अडान लिएका छन् । 

'पटक–पटक प्रतिबद्धता भयो, तर सडक पीच भएन । ठेकेदारले अलपत्र पारेर छाडेको सडकबाट हामीले कतिदिन धुलोधुवाँ खाने ? अब त अति भयो ! सडक पीच नभएसम्म हाम्रो आन्दोलन रोकिँदैन, फोहोर लैजान दिन्नौँ,’ स्थानीयवासीले सरदर यस्तै कुरा गरिरहेका छन् ।

उसो त गत फागुनदेखि नै सडक कालोपत्रे माग राख्दै आन्दोलन चर्काएका स्थानीयवासीले यसअघि सरकारसँग वार्ता पनि गरेका थिए । उपत्यकाभित्रको फोहोर–मैला व्यवस्थापनको जिम्मेवारी पाएको काठमाडौँ महानगरपालिकाले सम्बन्धित सडक खण्डको निर्माण निम्ति ठेकेदार शैलुङ कन्स्ट्रक्सनसँग वार्ता गरेको थियो । तर, सो वार्ता बमोजिम निर्माण कम्पनीले काम पूरा नगरिदिँदा पुनः समस्या आएको महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले रातोपाटीलाई जानकारी दिए ।

'मुड्खु–तीनपिप्ले सडकखण्ड कालोपत्रेका लागि निर्माण कम्पनीसँग गत फागुनमा नै सहमति भएको हो । तर, कम्पनीले सहमतिअनुसार सडकको स्तरोन्नतिमा खासै ध्यान दिएन । जसकारण अहिले फोहोर व्यवस्थापनमा समस्या आइरहेको छ,' प्रवक्ता डंगोलले भने, 'तर जतिसक्दो चाँडो समस्या समाधान गरी फोहोर नियमित ढुवानी गर्न महानगर लागिपरेको छ ।’

तर, यो समस्या महानगरको भन्दा पनि अझ बढी केन्द्रीय सरकारको भएकोले सरकारले नै पहल गर्नुपर्ने प्रवक्ता डंगोलको भनाइ छ । ‘सडक निर्माण, ठेक्का तथा त्यसको अनुगमन नियमनको क्षेत्राधिकार केन्द्रीय सरकारको नै हो । यसमा महानगरले भन्दा पनि केन्द्रीय सरकारले नै पहल गर्नुपर्छ । तर, त्यसो हुन सकिरहेको छैन । यद्यपि, अबको केही दिनभित्रै समस्या समाधान हुन्छ भन्नेमा हामी आशावादी छौँ,’ उनले भने । 

काठमाडौँ–त्रिशूली पासाङ ल्हामु राजमार्गमा समस्या

यसअघि ल्याण्डफिल्ड साइट प्रभावित ओखरपौवा र सिसडोलवासीले विभिन्न माग राखेर फोहोर व्यवस्थापनमा अवरोध गर्ने गरेका थिए । यसपटक भने बाटो सुधारको माग राखेर बीचका मुड्खु–तीनपिप्लेवासीले अवरोध पुर्‍याइरहेका हुन् ।

गत फागुनमा नै पहिलो चरणको आन्दोलन गरिसकेका स्थानीयवासीले यही चैत १७ गतेदेखि दोस्रो चरणमा आन्दोलन गरिरहेका छन् । करिब दुई सातादेखि जारी आन्दोलन उक्त सडक खण्ड कालोपत्रे नभएसम्म जारी रहने र फोहोरका गाडीहरू छिर्न नदिने स्थानीयले अडान लिएका छन् । जसको दबाब सडक निर्माण कम्पनीलाई परेको छ ।

राजमार्ग ८ वर्षदेखि अलपत्र

काठमाडौँ–त्रिशूली, पासाङ ल्हामु राजमार्गको निर्माण ठेक्का संयुक्त उपक्रम (जेभी) मा शैलुङ कन्स्ट्रक्सन प्रालि र भारतको अरावली इन्फा पावर प्रालिले लिएको छ । काठमाडौँ बाइपासदेखि नुवाकोटको रानीवनसम्म जम्मा १७.१ किलोमिटर सडक खण्डको स्तरोन्नति तथा लेन विस्तार गर्ने ठेक्का कम्पनीले २०७१ जेठमा नै लिएको थियो । ठेक्का लिएको करिब ८ वर्ष बित्न लाग्दासमेत हालसम्म काम पूरा गर्न सकेको छैन ।

सडक विभाग अन्तर्गतको सडक सुधार तथा विकास आयोजनासँग कुल ३१ करोड चार लाख ६४ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिसक्ने गरी ती ठेकेदार कम्पनीले ठेक्का सकारेका थिए । ठेक्का सम्झौता रकम नै अहिले ३४ करोड ९४ लाख रुपैयाँ पुगिसकेको छ । तर, सातौँ पटक थपिएको म्याद सकिन लाग्दासमेत हालसम्म सडक निर्माणको काम ४० प्रतिशतभन्दा बढी हुन सकेको छैन । 

सम्झौता अनुसार ठेक्का लागेको लामो समय बित्दासमेत काम पूरा हुन नसकेपछि सरकारले निर्माण कम्पनीलाई तीन करोड ६५ लाख रुपैयाँ जरिवाना गराइसकेको छ । जसमा हालसम्म दुई करोड रुपैयाँ असुली भइसकेको सडक सुधार तथा विकास आयोजनाले जनाएको छ ।

सरकारद्वारा गठित टास्क फोर्सका अधिकारीले समेत तत्काल बाटो कालोपत्रे गर्न दिएको निर्देशनलाई बेवास्ता गरेकाले अहिले समस्या आएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । जसको दुर्गति अहिले काठमाडौँले भोगिरहेको छ । 

वैकल्पिक बाटो तथा ल्यान्डफिल्ड साइट खोजी

उसो त बारम्बार विवादमा आइरहने काठमाडौँ–सिसडोल ल्याण्डफिल्ड साइटको विकल्प खोजी पनि नभएको होइन । सरकारले ओखरपौवा र सिसडोल ल्याण्डफिल्ट साइटको विकल्पमा धादिङ र नुवाकोटकै सीमास्थित बन्चरेडाँडा पनि विकल्पमा अघि सारेको छ । जुन हालको सिसडोल ल्याण्डफिल्ड साइटभन्दा करिब दुई किलोमिटरमात्र पर हो ।

सार्वजनिक र निजी गरी करिब १७ सय रोपनी क्षेत्रफलमा निर्माणाधीन यस ल्यान्डफिल्ड साइटको काम पनि अहिलेसम्म सकिएको छैन । यसका लागि अझै केही समय लाग्ने महानगरपालिकाका प्रवक्ता डंगोल बताउँछन् । तर, अहिलेकै ल्यान्डफिल्ड साइट जाने बाटोको विकल्पबारे भने अहिलेसम्म कुनै छलफल नभएको उनले रातोपाटीसँग बताए । 

केही दिन अघिमात्रै शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एक कार्यक्रममार्फत अब काठमाडौँ–सिसडोल ल्यान्डफिल्ड साइटसम्म जाने फोहोर व्यवस्थापनको बाटोको विकल्प खोजिनुपर्ने बताएकी थिइन् । 

वि.सं. २०६२ सालदेखि काठमाडौँ उपत्यकाको फोहोर नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित ओखरपौवा सिसडोल ल्यान्डफिल्ड साइटमा व्यवस्थापन गरिँदै आएको छ । सो ल्यान्डफिल्ड साइटमा दैनिक १५० कन्टेनर फोहार व्यवस्थापन हुँदै आएको छ । तर, पछिल्लो अवरोधका कारण मुस्किलले दैनिक ५० देखि ६० वटा कन्टेनर फोहोरमात्र व्यवस्थापन हुँदै आएको डंगोलले जानकारी दिए ।

हाल रातको समयमा मात्रै फोहोर व्यवस्थापन हुने गरेको छ । यस्तो समस्या अब एक दुई दिनभित्रै समाधान हुने र नियमित फोहोर व्यवस्थापन गर्न सकिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह