२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमा २ लाख ६५ हजार गर्भवती महिला समस्यामा

२०७८, २८ चैत्र सोमबार १४:१९

चैत्र २८, काठमाडौँ | रुसी हमलाका कारण युक्रेनमा गर्भवती महिला खराब अवस्थामा गुज्रिएका छन् ।  समाचारअनुसार मारियोल, खार्किभ र चेर्निहिव शहरमा स्थिति धेरै खराब छ । सो सहरमा युद्ध सुुरु भएपछि लगातार हमला हुँदै आएका छन् । अवस्था यस्तोसम्म छ कि गर्भवतीहरु प्रतिकुल स्थानमा डेलिभरी हुन बाध्य छन् ।  यी ठाउँहरुमा बिजुली मात्रै नभएर ताजा पानी र मेडिकल स्टाफ पनि छैनन् ।

जो गर्भवती मातृ स्याहार गृहमा पुगेका छन् उनीहरु पनि तनावमा छन् । डाक्टर उनीहरुलाई कहिले सेल्टरभित्र लैजान्छन् भने कहिले बाहिर । यी मध्ये केहीलाई प्रसव पीडा भइरहेको हुन्छ भने, केही चिच्याइरहेका हुन्छन् र केहीको रक्तश्राव पनि भइरहेको हुन्छ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार युद्ध सुरु भएको समयमा २.६५ लाख युक्रेन महिला गर्भवती थिए । यसमध्ये ८० हजार बच्चाको जन्म आउँदो तीन महिनामा हुनुपर्नेछ ।

घातक भइरहेको छ प्रीम्याचुअर डेलिभरी

युद्धको कारणले नै युक्रनेमा प्रीम्याचुअर डेलिभरी बढेको छ । इन्टरनेशनल फेडरेशन अफ गायनोकोलोजी एन्ड असटेटिक्सकी अध्यक्ष डा. जीन कानरीले भनिन्, ‘समयभन्दा पहिलेको जन्म र युद्धकालिन स्थितिका कारण बच्चाको मृत्यु वा जीवनभर जटिलता हुने खतरा बढी हुन्छ ।’ कयौ गर्भवती महिलाको ब्लड प्रेशर बढेको छ । तनावका कारण शरीरमा दूध बनिरहेको छैन । प्री–एक्लेमप्सियाको अवस्था पनि बनिरहेको छ । जुन बढी रक्तचापका कारण हुने गर्छ । यो घातक हुनसक्छ ।

२७ वर्षकी युलिया सोब सोबचेन्को भन्छिन्, ‘किभमा राती ९ बजेदेखि विहान ६ बजे कर्फ्यू लगाइँदै आएको छ । मलाई २० मार्चको राती प्रसव पीडा भयो । राती २ः ५५ मा डेलिभरी भयो । दुई घन्टामा हमलाको अलर्ट आएपछि बेसमेन्टमा सारियो । यहाँ सबै अस्पतालमा यही अवस्था छ । हवाई हमलाका साथै साइरन बज्नासाथ बेसमेन्ट जाने भर्‍याङ गर्भवतीले भरिन्छ । आफ्नो पेटमा हात राख्दै महिला कुनैपनि किसिमको सुरक्षित स्थानमा पुग्न हिँड्छन् । डाक्टरहरुकाअनुसार समयभन्दा अगावै जन्म, जन्मको समयमा कम वजन र मृत्युदर अधिक हुन्छ ।

युद्धको समयमा जन्मिने बच्चामा उच्च रक्तचाप, मधुमेह पनि हुन सक्ने दोस्रो विश्व युद्धको प्रमाणअनुसार गर्भवतीमा भोखमरीको समयमा जन्मने बच्चालाई उच्च रक्तचाप र मधुमेहको कारण बन्नसक्छ । डा.कानरीकाअनुसार प्रसवपछि रक्तश्राव रोक्नका लागि औषधीको कमी भएको छ । यसबाट सुत्केरीको मृत्युमा वृद्धि हुन सक्छ । यो मात्रै होइन शिशुलाई बचाउन अत्यावस्यक उपकरणको पनि कमी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी