२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमा २ लाख ६५ हजार गर्भवती महिला समस्यामा

२८ चैत्र २०७८, सोमबार १४:१९

चैत्र २८, काठमाडौँ | रुसी हमलाका कारण युक्रेनमा गर्भवती महिला खराब अवस्थामा गुज्रिएका छन् ।  समाचारअनुसार मारियोल, खार्किभ र चेर्निहिव शहरमा स्थिति धेरै खराब छ । सो सहरमा युद्ध सुुरु भएपछि लगातार हमला हुँदै आएका छन् । अवस्था यस्तोसम्म छ कि गर्भवतीहरु प्रतिकुल स्थानमा डेलिभरी हुन बाध्य छन् ।  यी ठाउँहरुमा बिजुली मात्रै नभएर ताजा पानी र मेडिकल स्टाफ पनि छैनन् ।

जो गर्भवती मातृ स्याहार गृहमा पुगेका छन् उनीहरु पनि तनावमा छन् । डाक्टर उनीहरुलाई कहिले सेल्टरभित्र लैजान्छन् भने कहिले बाहिर । यी मध्ये केहीलाई प्रसव पीडा भइरहेको हुन्छ भने, केही चिच्याइरहेका हुन्छन् र केहीको रक्तश्राव पनि भइरहेको हुन्छ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार युद्ध सुरु भएको समयमा २.६५ लाख युक्रेन महिला गर्भवती थिए । यसमध्ये ८० हजार बच्चाको जन्म आउँदो तीन महिनामा हुनुपर्नेछ ।

घातक भइरहेको छ प्रीम्याचुअर डेलिभरी

युद्धको कारणले नै युक्रनेमा प्रीम्याचुअर डेलिभरी बढेको छ । इन्टरनेशनल फेडरेशन अफ गायनोकोलोजी एन्ड असटेटिक्सकी अध्यक्ष डा. जीन कानरीले भनिन्, ‘समयभन्दा पहिलेको जन्म र युद्धकालिन स्थितिका कारण बच्चाको मृत्यु वा जीवनभर जटिलता हुने खतरा बढी हुन्छ ।’ कयौ गर्भवती महिलाको ब्लड प्रेशर बढेको छ । तनावका कारण शरीरमा दूध बनिरहेको छैन । प्री–एक्लेमप्सियाको अवस्था पनि बनिरहेको छ । जुन बढी रक्तचापका कारण हुने गर्छ । यो घातक हुनसक्छ ।

२७ वर्षकी युलिया सोब सोबचेन्को भन्छिन्, ‘किभमा राती ९ बजेदेखि विहान ६ बजे कर्फ्यू लगाइँदै आएको छ । मलाई २० मार्चको राती प्रसव पीडा भयो । राती २ः ५५ मा डेलिभरी भयो । दुई घन्टामा हमलाको अलर्ट आएपछि बेसमेन्टमा सारियो । यहाँ सबै अस्पतालमा यही अवस्था छ । हवाई हमलाका साथै साइरन बज्नासाथ बेसमेन्ट जाने भर्‍याङ गर्भवतीले भरिन्छ । आफ्नो पेटमा हात राख्दै महिला कुनैपनि किसिमको सुरक्षित स्थानमा पुग्न हिँड्छन् । डाक्टरहरुकाअनुसार समयभन्दा अगावै जन्म, जन्मको समयमा कम वजन र मृत्युदर अधिक हुन्छ ।

युद्धको समयमा जन्मिने बच्चामा उच्च रक्तचाप, मधुमेह पनि हुन सक्ने दोस्रो विश्व युद्धको प्रमाणअनुसार गर्भवतीमा भोखमरीको समयमा जन्मने बच्चालाई उच्च रक्तचाप र मधुमेहको कारण बन्नसक्छ । डा.कानरीकाअनुसार प्रसवपछि रक्तश्राव रोक्नका लागि औषधीको कमी भएको छ । यसबाट सुत्केरीको मृत्युमा वृद्धि हुन सक्छ । यो मात्रै होइन शिशुलाई बचाउन अत्यावस्यक उपकरणको पनि कमी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ