२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षामन्त्री पौडेल र क्यानडेली राजदूत मकाईबीच भेटवार्ता

२०७८, २९ चैत्र मंगलवार ०९:१९

चैत्र २९, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवासीय राजदूत क्यामेरन डिन मकाईसँग शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा शैक्षिक विकासका लागि मन्त्री पौडेल र राजदूत मकाईबीच शिष्टाचार भेटवार्ता भएको हो । 

भेटवार्तामा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाई दिँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई आग्रह गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । त्यसक्रममा मन्त्री पौडेलले उच्च शिक्षा तथा प्राविधिक शिक्षाको क्षेत्रमा नेपालका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमको कोटा वृद्धि गरी आवश्यक जनशक्ति व्यवस्थापनमा सहयोग पु¥याउन आग्रह गरे ।

'वर्षेनी २ देखि ३ हजार विद्यार्थी क्यानडामा उच्च शिक्षा तथा प्राविधिक शिक्षाका लागि जाने गरेका छन्’, मन्त्री पौडेलले भने, ‘विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमका कोटा वृद्धि भएमा विद्यार्थी र कर्मचारीले शैक्षिक लाभ लिई नेपालको लागि आवश्यक पर्ने उच्च दक्षता भएको जनशक्ति व्यवस्थापनमा सहयोग पुग्नेछ ।’

नेपालले विद्यालय शिक्षा क्षेत्रमा रुपान्तरणकारी विकास गर्न १० वर्षे योजना तर्जुमा गरेको भन्दै उनले यसको सफल कार्यान्वयनमा क्यानडा सरकारबाट सहयोगको अपेक्षा गरे । राजदूत मकाईले शिक्षा र प्राविधिक शिक्षा क्यानडाको पहिलो प्राथमिकतामा रहेको भन्दै नेपालमा पनि शैक्षिक विकासमा सहयोग गर्ने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति