सडकमा भेटिएको ५० हजार नगद प्रहरीलाई हस्तान्तरण

Posted on: 12 Apr, 2022

चैत्र २९, काठमाडौँ | काठमाडौंको तारकेश्वर नगरपालिका–१ आनन्द टोलस्थित सडकमा भेटिएको पैसा एकजना महिलाले प्रहरीलाई बुझाएकी छिन् । आनन्द टोल स्थित 'तनहुँ छाप्दी बाराही किराना स्टोर' अगाडि ४० वर्षीया सम्झना पन्तले चैत २७ मा ५० हजार नगद भेटेकी थिइन् ।

सो नगद सम्बन्धित धनी पत्ता लगाएर हस्तान्तरण गर्नेगरी संझनाले प्रहरीलाई बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले बताए । पाँच सय दरका १०० थान नोट महानगरीय प्रहरी वृत बालाजुमा राखिएको छ ।

सो रकम आफ्नो भएको प्रमाण सहित बालाजु वृत्तमा सम्पर्क गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंले आग्रह गरेको छ । भेटेको रकम बुझाएकोमा सम्झनालाई परिसर काठमाडौंले धन्यवाद दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!