४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर

२९ चैत्र २०७८, मंगलवार १३:३०

चैत्र २९, काठमाडौँ | देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन् । महासङ्घको आज सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसअघि तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष भएका स्वाँर छैँटौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन्।

महासङ्घको महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिङ्खडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा अर्जुन गौतम निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, ट्याक्सीतर्फको वर्गीय संयोजकमा प्रकाश तिवारी तथा बागतमी प्रदेशबाहेक सबै प्रदेशको प्रदेश संयोजकसमेत निर्विरोध भएको छ । महासङ्घको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा भने निर्वाचन हुने कार्यक्रम रहेको छ । वरिष्ठ उपाध्यक्ष तीन पदको लागि पाँचजनाको उम्मेदवारी परेपछि निर्वाचन हुन लागेको हो ।

वरिष्ठ उपाध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्षद्वय दीपक अधिकारी, हरिशरण केसी, वर्तमान महासचिव पुन्यप्रसाद (सरोज) सिटौला, वर्तमान उपाध्यक्ष ऐनकुमार शाही र केदार पौडेलको उम्मेदवारी परेपछि निर्वाचन हुन लागेको हो ।

यस्तै, उपाध्यक्ष, सचिव र सदस्यमा पनि आवश्यकताभन्दा बढी व्यवसायीको उम्मेदवारी परेपछि निर्वाचन हुन लागेको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक एवं महासचिव सिटौलाले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ