भदौ १५, काठमाडौ | डेढ वर्ष बित्न लाग्दा पनि भूकम्पपीडितले घर बनाउने रकम पाएका छैनन् । यहीबीच सरकारले पीडितलाई जग्गा किन्न पैसा दिने नयाँ योजना बनाउँदै छ ।

भूकम्पका कारण जोखिमपूर्ण बनेको आफ्नो जमिनमा घर बनाउन नसक्ने पीडितलाई सरकारले जग्गा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, काठमाडौ | डेढ वर्ष बित्न लाग्दा पनि भूकम्पपीडितले घर बनाउने रकम पाएका छैनन् । यहीबीच सरकारले पीडितलाई जग्गा किन्न पैसा दिने नयाँ योजना बनाउँदै छ ।

भूकम्पका कारण जोखिमपूर्ण बनेको आफ्नो जमिनमा घर बनाउन नसक्ने पीडितलाई सरकारले जग्गा"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सरकाले भूकम्पपीडितलाई घडेरी किन्न अनुदान दिने

२०७३, १५ भाद्र बुधबार ०२:५५

भदौ १५, काठमाडौ | डेढ वर्ष बित्न लाग्दा पनि भूकम्पपीडितले घर बनाउने रकम पाएका छैनन् । यहीबीच सरकारले पीडितलाई जग्गा किन्न पैसा दिने नयाँ योजना बनाउँदै छ ।

भूकम्पका कारण जोखिमपूर्ण बनेको आफ्नो जमिनमा घर बनाउन नसक्ने पीडितलाई सरकारले जग्गा किन्न अनुदान दिने तयारी गरेको हो । आफ्नो जग्गामा घर बनाउन नसक्ने पीडितलाई जग्गा खरिदका लागि अनुदान दिन कार्यविधि निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले जानकारी दिए । ‘पीडितलाई कतिसम्म अनुदान दिने भन्ने तय गर्न कार्यविधि बन्दै छ,’ ज्ञवालीले भने, ‘जसको घर बनाउन जग्गा उपयुक्त छैन, उनीहरूलाई जग्गा किन्न अनुदान दिन लागिएको हो ।’

आफ्नो जग्गामा घर बनाउन नसक्ने पीडितलाई अर्को घर बनाउने घडेरी खरिदका लागि दुई लाख रुपैयाँसम्म अनुदान दिने गरी कार्यविधि बनाउन लागिएको छ । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भएपछि त्यस्ता पीडितलाई जग्गा किन्न अनुदान वितरण सुरु हुने ज्ञवालीले जानकारी दिए । ‘कार्यविधि स्वीकृत भएपछि घर निर्माणका लागि जग्गा किन्न अनुदान दिने हाम्रो योजना हो,’ उनले भने ।

भूकम्पले आंशिक क्षति भएका पीडितले घरको रेट्रोफिटका लागि ५० हजार रुपैयाँ पाउने भएका छन् । यसका लागि कार्यविधि तयार भइरहेको सिइओ ज्ञवालीले जानकारी दिए । ‘घर रेट्रोफिट गर्न पीडितलाई ५० हजार दिन कार्यविधि तयार भइरहेको छ,’ उनले भने, ‘आंशिक क्षति भएका पीडितलाई यो रकम दिन खोजिएको हो ।’ यसका लागि निर्देशक समितिबाट निर्णय भइसकेको पनि उनको भनाइ छ । – नयाँ पत्रिकामा छापिएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार