२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानको अनुभव नेपालका लागि उपयोगी हुनसक्छ : परराष्ट्रमन्त्री खड्का

२०७९, ३ बैशाख शनिबार ०९:४४

वैशाख ३, काठमाडौँ | परराष्ट्रमन्त्री डा.नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन् । नेपाल जाईका अलमनाई एशोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढ्नुपर्ने पनि बताए । उनले जापानले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गरेका छन् । भूकम्प गएको बेला होस् वा कोभिडको बेला जापानले नेपालमा ठूलो मानवीय सेवाको क्षेत्रको काम गरेको उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद समेत व्यक्त गरे ।

उनले भने, 'जापानले हामीलाई अप्ठ्यारो परेको बेलामा चाहे भूकम्पको बेलामा होस्, चाहे कोभिडको बेलामा होस् । जापानले धेरै ठूलो मानवीय सेवा उपलब्ध गराएको छ । यसका लागि पनि म जापान सरकारलाई नेपाली जनता र नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।

उनले जापान गएका नेपालीहरुको जान, सीप र अनुभव उपयोग गर्नुछ । मुलुकको समृद्धिका लागि विकास लागि त्यो अति उपयोगी छ ।' मन्त्री खड्काले जापानले नेपाललाई विनासर्त सहयोग गर्दै आएको पनि स्मरण गराए । उनले नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता