बलिउड गायिका सोनू कक्कड र मनिष श्रेष्ठले ल्याए ‘शनिबारको दिन’

Posted on: 16 Apr, 2022

वैशाख ३, काठमाडौँ | लोकप्रिय बलिउड गायिका सोनू कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको 'शनिवारको दिन' बोलको नयाँ गीत 'नयाँ बर्षको ' को छेको पारेर सार्वजनिक भएको छ । मनिष श्रेष्ठको संगीत र दीपक सापकोटा को शब्द रचना रहेको छ । प्रेमभाव बोल्ने गीतको भिडियोमा सुशान्त खत्री , प्रदीप लामा , सन्तोषी कार्की र मनिष श्रेष्ठले अभिनय गरेका छन् । गीतको भिडियोलाई गायक मनिष श्रेष्ठ स्वयंले  निर्देशन गरेका हुन् ।

बासु बरालको छायाँकन , सियोन श्रेष्ठ कोरियोग्राफी शिलन लम्सालको सम्पादन रहेको गीतलाई आकर्षक रूपमा तयार गरिएको छ ।  भिडियोमा सुशान्त खत्री प्रदीप लामा सन्तोषी कार्की, रोशनी तामाङ ,सानू कार्की, गणेश पराजुली ,राम कँडेल र मनिष श्रेष्ठ को पनि अभिनय हेर्न सकिन्छ भने साथै बाल कलाकारको रूपमा प्रकाश बस्नेतले समेत अभिनय गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!