४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईएमईको नयाँ वर्ष योजना : भाग्यमानी १ जनाले २ लाख ७ हजार ९०० रुपैयाँ जित्ने

४ बैशाख २०७९, आईतवार ०९:०४

वैशाख ४, काठमाडौँ | आइएमईले 'आइएमई २०७९ मा २०७९' नामक सेवाग्राही मैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार यो योजना १ वैशाख  देखि ३१ वैशाखसम्म कायम रहनेछ । आइएमई ग्रुपको काठमाडौं पानी पोखरीस्थित केन्द्रीय कार्यालयमा एक विशेष कार्यक्रममा आयोजना गरी नयाँ वर्ष योजना सार्वजनिक गरिएको हो ।

कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमई बीचको सम्बन्धलाई अझ मजबुत बनाउने बताए । उनले यस्ता योजनाहरू विगतमा जस्तै आम सेवाग्राहीहरूको उल्लेख्य सहभागिता हुने विश्वास व्यक्त गरे ।

एक महिनासम्म चल्ने यो योजनामा विदेशबाट आइमईमार्फत पठाइएको रकम नेपालभरका एजेन्ट/सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा विजेता बनिन्छ । यस्तै, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहनेगरी यो योजना अवधिभर जम्मा ६० जना भाग्यशाली विजेताहरूले प्रतिव्यक्ति  २ हजार ७९ रुपैयाँ र बम्परमा १ भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९०० रुपैयाँ जित्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ