वैशाख ८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बिहीबार) मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ। नवी मुम्बईमा हुने दुुई टोलीबीचको खेल साँझ ७ः४५ मा सुुरु हुनेछ । आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ ।
आईपीएलको बलियो टोलीको रुपमा रहेको मुुम्बईले यो सिजन ६ खेल खेल्दा जित विहिन छ । यता चेन्नई दोस्रो जितको खोजीमा हुनेछ । लिगमा ६ खेल खेलेको चेन्नईले एक खेलमा मात्र जित निकालेको छ ।
मुम्बई र चेन्नई तालिकाको पुछारबाट पहिलो र दोस्रो स्थानमा छन् । आजको खेलमा मुम्बई पराजित भएका अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बन्ने छ।
यता चेन्नईले आजको खेलमा जित निकाल्न सकेमा उसको सम्भावना भने बलियो बन्दै जानेछ ।