२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारद्वारा २२ हजार श्रमिक तथा उनीहरूका परिवारलाई एक अर्ब पाँच करोड रुपैयाँ भुक्तानी गरियो

२०७९, ११ बैशाख आईतवार ०८:५८

वैशाख ११, काठमाडौँ | सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ। सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट सङ्कलन गरेको १५ अर्ब ५७ करोडमध्ये विभिन्न चार योजनाअन्तर्गत एक अर्ब पाँच करोड ४५ लाख रुपैयाँ बराबरको योगदान रकम भुक्तानी गरेको हो।

कोषका सहप्रवक्ता रोहित रेग्मीले कोष रहेको रकममध्ये विभिन्न योजनाअन्तर्गत आएका दाबीअनुसार रकम भुक्तानी भएको बताए । उनले योगदानकर्ताको सङ्ख्या वृद्धिसँगै योगदान रकमसमेत वृद्धि हुने र सोहीअनुसार दाबी भुक्तानी हुने बताए। कोषले हाल सबैभन्दा बढी अवकास दाबी भुक्तानीअन्तर्गत १६ हजार ३१० जनालाई ८५ करोड ७० लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ। यसैगरी औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत आठ हजार ५१५ जनाले पटक – पटक गरेर १५ करोड ५७ लाख २८ हजार भुक्तानी लिएका छन् । कोषमा हालसम्म १७ हजार ४४ रोजगारदाता र तीन लाख २८ हजार ४ सय ८८ योगदानकर्ता सूचीकृत भएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति