२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायली प्रहरी र प्यालेस्टिनी बीचको झगडामा एक प्यालेस्टिनीको मृत्यु, ४० भन्दा बढी घाइते

२०७९, १७ बैशाख शनिबार ०९:०१

वैशाख १७, काठमाडौं । इजरायली प्रहरीसँगको भिडन्तमा प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइन सरकारले बताएको छ । शुक्रबार जेरुसेलमको पवित्र स्थलमा प्यालेस्टिनी पक्षबाट ढुङ्गा हानेपछि विवाद सुरु भएको थियो । त्यसपछि इजरायली प्रहरीले रबरको गोली चलाएको थियो ।

इजरायली प्रहरीले प्यालेस्टाइनीहरूले अल-अक्सा मस्जिद परिसर भित्र कडा सुरक्षामा राखिएको गेटमा ढुङ्गा प्रहार गर्न थालेको बताएको छ। जहाँ ढुङ्गा हानिएको थियो त्यहाँ यहूदीहरू प्रार्थना गर्छन् । सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेपछि प्यालेस्टिनी र प्रहरीबीच झगडा भएको थियो । प्यालेस्टिनी र प्रहरीबीचको झगडा करिब एक घण्टापछि स्थिति नियन्त्रणमा आएको थियो ।

प्रहरीका अनुसार तीन जनालाई पक्राउ गरिएको छ । तीमध्ये दुई जना ढुंगा प्रहार गरेको र एक जनालाई भीडलाई उक्साएको आरोपमा पक्राउ गरिएको छ । प्यालेस्टिनी रेड क्रिसेन्ट आपतकालीन सेवाहरूद्वारा यो झडपमा ४० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी दिइएको छ, जसमध्ये २२ जनालाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरियो |


अल-अक्सा मस्जिद इस्लामको तेस्रो पवित्र स्थल हो। यो स्थल पहाडको टुप्पोमा बनाइएको छ जुन यहूदीहरूको लागि सबैभन्दा पवित्र मानिन्छ । इजरायल–प्यालेस्टाइनबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको थियो । इजरायली प्रहरी र प्यालेस्टिनीबीच विगत केही दिनमा पटक पटक झगडा भएको हुन्थो । इजरायली अधिकारीहरूले गाजामा शासन गर्ने लडाकु समूह हमासमाथि हिंसा भड्काएको आरोप लगाएका छन्।

अप्रिलको दोस्रो हप्तामा, हमास र गाजाका अन्य आतंकवादी समूहहरूले प्यालेस्टिनीहरूलाई सप्ताहन्तमा अल-अक्सा मस्जिदमा भेला हुन आह्वान गरे। प्यालेस्टाइनीहरूले लामो समयदेखि इजरायलले मस्जिद कब्जा वा विभाजन गर्ने योजना बनाएको बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी