भदौ १६, काठमाडौं | पदाधिकारीबीचक आन्तरिक झगडा, दुई कार्य समितिबीचको आधिकारिकता विवाद पछिल्लो पाँच महिनायता अन्तर्राष्ट्रिय क्रिकेट क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, काठमाडौं | पदाधिकारीबीचक आन्तरिक झगडा, दुई कार्य समितिबीचको आधिकारिकता विवाद पछिल्लो पाँच महिनायता अन्तर्राष्ट्रिय क्रिकेट क"/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

नेपाली क्रिकेटको समस्या समाधान हुँदै

२०७३, १६ भाद्र बिहीबार ०१:३३

भदौ १६, काठमाडौं | पदाधिकारीबीचक आन्तरिक झगडा, दुई कार्य समितिबीचको आधिकारिकता विवाद पछिल्लो पाँच महिनायता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनलगायत कारणले लामो समयदेखि अन्यौलग्रस्त नेपाली क्रिकेटले चाँडै निकास पाउने सम्भावना देखिएको छ।

घरेलु खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषदको पहलमा नेपाली क्रिकेटको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय जिम्मेवा। निकाय आईसीसी गम्भीर देखिएको खबर आजको अन्नपूर्णमा दीपेन्द्र गुरूङल लेखेका छन्।

त्यसका लागि आईसीसीको उच्चस्तरीय टोली आगामी आइतबार नेपाल आउने भएको छ। राखेपले गरेको पहलपछि आईसीसीका प्रमुख रिचर्डसनसहितको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो।

आईसीसीले राखेपलाई पठाएको पछिल्लो पत्रअनुसार आईसीसी टोलीमा प्रमुख कार्यकारी रिचर्डसनसँगै आईसीसीमा एसोसिएट्स सदस्य राष्ट्रहरूका अध्यक्ष इमरान ख्वाजा र आईसीसी अधिकारी अमर शेख छन्।

टोलीले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई र खेलकुदमन्त्री दलजित श्रीपाइलीसँग भेट गर्ने इच्छा व्यक्त गरेको छ। रिचर्डसनले राखेपका सदस्यसचिव केशवकुमार विष्टलाई सम्बोधन गरी लेखेको पत्रमा प्रधानमन्त्रीसँगको भेट लगत्तै एउटा कार्यदल गठन गर्ने प्रस्ताव गरेका छन्। यो कार्यदलले क्यानको जारी ऐनको समीक्षा गरी नयाँ ऐनको मस्यौदा गर्नेछ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने