२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जागिरको पहिलो दिन झुण्डिएको अवस्थामा नर्स फेला, सामूहिक बलात्कारपछि हत्याको आरोप

१८ बैशाख २०७९, आईतवार १०:१८

वैशाख १८, काठमाडौं | भारतको उत्तर प्रदेशस्थित उन्नाव जिल्लाको एक अस्पतालमा १८ वर्षकी एक नर्सको शव पर्खालमा झुण्डिएको अवस्थामा फेला परेको छ।

पिडितका आफन्तले आफ्नी छोरीको सामुहिक बलात्कारपछि हत्या भएको मुद्दा चलाएको छ। प्रहरीले यो मामिलामा तीनजनाविरुद्ध उजुरी दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको छ। यस्तै अस्पताल सील गरिएको छ।

अस्पतालमा नर्सको रुपमा उनको पहिलो दिन थियो। उन्नावको बांगरमउको दुल्लापुरवामा यो अस्पताल पाँच दिन अघि खुलेको थियो।

२५ अप्रिलमा इलाकाका विधायकले न्यू जीवन अस्पतालको उद्घाटन गरेको थियो । मृत युवती नजिकैको गाउँकी बासिन्दा थिइन्।

मृतकका मामाले संचारमाध्यमसँगको कुराकानीमा भने, ‘शुक्रबार बेलुका जब युवती अस्पताल गइन् तब त्यहाँ कुनै बिरामी थिएनन्। उनले नजिकै भाडामा एउटा कोठा लिएकी थिइन् र उनी आफ्नो कोठा फर्किइन्। अबेर राती करिब १० बजे उनलाई फोन गरेर पुनः नर्सिङ होम बोलाइयो जहाँ उनीलाई बलात्कार गरियो र त्यसपछि उनको हत्या भयो।’

सूचना पाएपछि युवतीकी आमा घटनास्थलमा पुगिन् जहाँ उनले अस्पतालको पर्खालमा छोरीको शव झुण्डिएको अवस्थामा भेटिन्।

आमाले भनिन्, ‘शनिबार बिहान अस्पतालबाट फोन गरेर छोरीले पासो लगाएर आत्महत्या गरेको भन्ने खबर आयो । अस्पताल पुग्दा छोरीको शव छतमा बनेको पिलरमा झुण्डिरहेको देखेँ । जागिरका कारण नै छोरीले दुई–तीन दिनअघि कोठा लिएकी थिइन्।’

आमाका अनुसार उनका आठ छोरीहरु छन्, मृत्यु भएकी छोरी उनकी चौथी छोरी हुन्। युवतीका तीनजना दिदीहरु पनि जागिर गर्छन्। पिताको मृत्यु १० वर्ष अघि भएको थियो। त्यतिबेलादेखि नै छोरीहरुले घर खर्च लगाउँदै आएका छन्।

आमाले भनिन्, ‘मेरी छोरीले आफैंले कमाएर नर्स पढेकी थिइन्।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ?